arrow

कोरोनाबाट दुईको मृत्यु, छ जना भेन्टिलेटरमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १८ शनिबार
corona-omicron-nepal.jpg

काठमाडाैं । पछिल्लो २४ घन्टामा दुई सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार पाँच सय ३७ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

 एक हजार तीन सय ८१ नमूनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ९२ र दुई हजार एक सय ५६ नमूनाको एन्टिजेन परीक्षण गर्दा एक सय आठ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज ३३९ जना सङ्क्रमणमुक्त भएका छन् । आज दुई लाख ९७ हजार ११५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । पछिल्लो २४ घन्टामा सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

हाल ६ जनाको भेन्टिलेटरमा रहेर उपचार भइरहेको छ । ३९ जना आईसीयूमा रहेका छन् । 

६६ जिल्लामा फैलियो डेङ्गी

मन्त्रालयका अनुसार ६६ जिल्लामा डेङ्गी फैलिएको छ । गत साउनदेखि यही भदौ १५ गतेसम्म दुई हजार १७९ जनामा डेङ्गी पुष्टि भएको मन्त्रालयले जनाएको छ । 



नयाँ