arrow

ब्यवसायी लुइटेलले गरिदिए ३२ खेलाडीको निःशुल्क बीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १९ आइतबार
som-luintel.jpeg

इलाम । ब्यवसायी सोम लुइटेलले ३२ फुटबल खेलाडीहरुको निःशुल्क बीमा गराइदिएका छन् । उनले जनही एक लाखको बीमा गराइदिएका हुन् ।

इलाम देउमाई नगरपालिका ४ मंगलबारेका लुइटेलले जिल्लाका महिला तथा पुरुष फुटबल खेलाडीको निःशुल्क जीवन बीमा गराइदिएका हुन् । खेलाडीले खेल खेलेको भत्तासमेत नपाएको गुनासो बढ्न थालेपछि उनले खेलाडीको हौसला स्वरुप बीमा गराएका हुन् । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सिनियर एजेन्सी म्यानेजर तथा पेशागत बिमा अभिकर्ता संघ बीमक समिति प्रदेश सदस्यसमेत रहेका उनले ३२ जना खेलाडीको बीमा निःशुल्क गराएका हुन । 

उनले खेलाडीको मनोबल बढाउन आफूले सहयोग गरेको बताए । जिल्ला फुटबल संघ इलामले ब्यवसायी लुइटेललाई धन्यवाद ब्यक्त गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ