arrow

एक सय ४२ कोरोना संक्रमित थपिए, चार भेन्टिलेटरमा, ३८ आईसीयूमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १९ आइतबार
corona-omicron-nepal.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर परीक्षण गर्दा ११६ एन्टिजेन परीक्षण गर्दा २६ गरी एक सय ४२ जना नयाँ संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २३० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.५ प्रतिशत रहेको छ । 
पछिल्लो २४ घण्टामा मृतकको संख्या शून्य रहेको छ । 

सोही समयमा तीन हजार ४५० जनाले कोरोना परिक्षण गरेका थिए । हाल सक्रिय संक्रमितको संख्या २ हजार ५२८ जना रहेका छन् ।

जसमा ३८ जनाको आईसीयूमा र ४ जनाको भेन्टिलेटरमा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ