arrow

केन्ट आरओ दशैं तिहार, हरेक खरिदमा उपहार  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १९ आइतबार
cgeol-dashian-2079.jpg

काठमाडौं । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्था ईओएल प्रालिले यसपालिको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । 

भारत र नेपालमा पानी शुद्धीकरणको बजारमा ग्राहकवर्गले रुचाएको केन्ट आरओले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै “केन्ट आरओ दशैं तिहार, हरेक खरिदमा उपहार” भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा सीजी ब्रान्डको इलेक्ट्रिक केट्टेल उपहार स्वरूप  प्रदान गरिएको जनाइएको छ । 

यो ग्राहक योजना गत भदौ १३ गतेदेखि नेपालभर सीमित अवधिको लागि लागू गरिएको ईओएलले जनाएको छ । ईओएल भन्छ, ‘आज सफा पिउने पानी आवश्यकता बनेको छ । प्रत्येक वर्ष लाखौं नेपाली पानीजन्य रोगहरूले संक्रमित हुन्छन् र हजारौंले आफ्नो ज्यान गुमाउँछन् । तपाईंले पिउने पानीमा उच्च टीडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुन सक्छ । साथै घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनहरूमार्फत आउने र अस्वस्थ्य ट्याङ्कीमा भण्डारण हुने गर्दछ । पिउनु भन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्त्वपूर्ण छ । यसैले, आरओ बाट प्रशोधित भएको पानी हाम्रो परिवारको स्वस्थ जीवन र कल्याणको लागि महत्वपूर्ण आवश्यकता भएको छ ।’

अन्त्यमा ईओएल भन्छ, ‘केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन् । केन्ट ब्राण्डका अन्य वाटर प्युरिफायर, एयर प्युरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू–डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र बजारमा उपलब्ध छन् ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ