arrow

इलाम क्षेत्र नं २ बाट सुवास नेम्वाङ सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २० सोमबार
subash-nembang.jpg

इलाम । इलाम क्षेत्र नं २ बाट नेकपा (एमाले)ले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार सिफारिस गरेको छ । 

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङलाई पार्टी क्षेत्र नं २ को कमिटीले एकल नाम सिफारिस गरेर पठाएको हो । 

एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङलाई पार्टी क्षेत्र नं २ को कमिटीले एकल नाम सिफारिस गरेर पठाएको हो । 

क्षेत्रीय कमिटीले जिल्लालाई एकल नाम सिफारिस गरेपछि उहाँ नै उम्मेदवार बन्ने निश्चित भएको हो । मातहत कमिटीबाट आएको सिफारिस जिल्लाले प्रदेशमा पठाउने पार्टीका जिल्ला उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए । 

नेम्वाङ २०५६ सालयता भएका सबै संसदीय-संविधानसभा निर्वाचनमा यसै क्षेत्रबाट निरन्तर विजयी भइरहनुभएको छ । उनले २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केशव थापालाई पराजित गरेका थिए ।

क्षेत्र नं २ (क) बाट पनि गणेशप्रसाद बरालको एकल नाम सिफारिस गरेको जनाइएको छ । बराल जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख हुन् । एमालेले हाल अन्य स्थानका समेत उम्मेदवार टुङ्गो लगाउन कसरत गरिरहेको छ । अन्य क्षेत्रबाट आकांक्षी धेरै भएपछि सम्बन्धित कमिटीले जिल्लामा नाम सिफरिस गरेर पठाएको छ । 

नाम छनोटमा बढी पार्टीमा समय दिएकालाई टिकट दिने गरी छलफल भइरहेको पार्टीले जानकारी दिएको छ । जिल्लामा प्रतिनिधिसभामा दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । त्यस्तै प्रदेशसभामा चार वटा निर्वाचन क्षेत्र रहेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ