- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कास्की । एमाले कास्कीका तीन वटै क्षेत्रीय निर्वाचन समन्वय कमिटीले आइतबार प्रतिनिधिसभा सदस्यका लागि आकाङ्क्षीको नाम सिफारिस गरेका छ ।
प्रतिनिधिसभा सदस्य एवं एमालेका सङ्गठन विभाग प्रमुख खगराज अधिकारी क्षेत्र नं १ बाट प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा सिफारिस भएका छन् ।
यसैगरी प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारी क्षेत्र नं २ र पूर्व मन्त्री एवं प्रतिनिधिसभाका सांसद जगत विश्वकर्मा क्षेत्र नं ३ मा उम्मेदवार सिफारिस भएको एमालेले जनाएको छ ।
क्षेत्र नं १ बाट सांसद अधिकारीसहित जिल्ला पार्टी सचिव अधिकारी क्षेत्री, कालीदास सुवेदी, हिमालय बख्रेल, दिलीप न्यौपाने, बालासिह काउछा मगर, पदमप्रसाद पौडेल, पुष्प ज्योति ढुङ्गाना, झलकप्रसाद सुवेदी, पुष्पराज अधिकारी, शङ्करनाथ पौडेल, मिलन सुवेदी, मनबहादुर गुरुङ लक्ष्मी सिंह र रामराज अधिकारी सिफारिस भएका छन् ।
क्षेत्र नं २ बाट हालका प्रतिनिधिसभाका सांसद भट्टराईसहित प्रभा कोइराला, केशव आचार्य, भूपेन्द्र गिरीको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर ३ बाट विश्वकर्मासहित देवी सुवेदी, गणेशमान गुरुङ, जगन्नाथ बास्तोला, सुरेन्द्रमानसिंह भण्डारी, शिवकुमार पौडेल, विवेक त्रिपाठी र भरत पराजुलीको नाम जिल्लामा सिफारिस भएको एमालेले जनाएको छ ।