भारतीय सेनाध्यक्ष पाण्डेद्वारा विभिन्न सैन्य सामग्री हस्तान्तरण
भारतीय सेनाध्यक्ष पाण्डेद्वारा प्रधानसेनापतिलाई विभिन्न सैन्य सामग्री हस्तान्तरण
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २० सोमबार
1.2k
Shares
काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मालाई विभिन्न सैन्य सामग्री हस्तान्तरण गरेका छन् । प्रधानसेनापति शर्माको औपचारिक निमन्त्रणामा पाँच दिने भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष पाण्डेले जङ्गी अड्डामामा प्रधानसेनापतिसँग भेटवार्तासमेत गरेका छन् ।
General Manoj Pande, Chief of the Army Staff, Indian Army handed over various non-lethal military items to General Prabhu Ram Sharma, Chief of the Army Staff, Nepali Army. #MilitaryCooperation#NIBCGSIpic.twitter.com/PLVMXQUikq
भेटवार्तापछि भारतीय सेनाध्यक्ष पाण्डेले प्रधानसेनापति शर्मालाई विभिन्न गैर घातक सैन्य सामग्री हस्तान्तरण गरेको नेपाली सेनाले जानकारी दिएको हो ।
सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको छ । सो अवसरमा उनले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षारोपणसमेत गरेका छन्।
यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।
General Manoj Pande, Chief of the Army Staff, Indian Army, meets his Nepali Counterpart COAS General Prabhu Ram Sharma at the latter's office at Army Headquarters on September 05, 2022. pic.twitter.com/sXovkdWOWc
सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई सहयोग सामग्री हस्तान्तरण गरेपछि अब, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणका लागि आइतबार यहाँ आएका हुन् ।