arrow

छुरा प्रहार गरी १० को हत्या, १५ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २० सोमबार
canada-mass-stabbing.jpg

काठमाडौं । क्यानडाली प्रहरीले छुरा प्रहार गरी १० जनाको हत्या गर्ने दुई जनाको खोजी तीव्र पारेको छ । देशलाई नै स्तब्ध बनाउने यो घटनामा छुरा प्रहारपछि १० जनाले ज्यान गुमाएका छन् भने १५ जना घाइते भएका छन् ।

डेमियन स्यान्डरसन र माइल्स स्यान्डरसन नामका दुई संदिग्धहरू फरार रहेका छन् । दुवै जना हतियारधारी र खतरनाक भएको ठानिएको छ ।

दुर्गम आदिवासी समुदाय जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनका १३ स्थानहरूमा छुरा प्रहार गरिएका व्यक्तिहरु फेला परेका थिए ।

यो क्यानडाले देखेको सबैभन्दा घातक सामूहिक हिंसा भन्दै त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडोले यो घटना हृदयविदारक भएको बताएका छन् ।

यस्तै प्रहरीले बासिन्दाहरूलाई अत्यन्त सतर्क हुन आग्रह गरेको छ। 'आजको भयानक आक्रमणबाट म स्तब्ध र दुखी भएको छु,' प्रधानमन्त्री ट्रुडोले एक वक्तव्यमा भनेका छन्, 'आजको घृणित आक्रमणका लागि जिम्मेवार व्यक्तिहरूलाई पूर्ण रूपमा न्यायको कठघरामा ल्याइनुपर्छ ।'

छुरा प्रहारको खबर फैलिएपछि सास्काचेवान, मनिटोबा र अल्बर्टा प्रान्तका सबै मोबाइल फोनहरूमा खतरनाक व्यक्तिको अलर्ट पठाइएको थियो । जुन युरोपको लगभग आधा आकारको विशाल क्षेत्र हो ।

घटनासँगै जेम्स स्मिथ क्री नेसनमा आपतकालिन अवस्था घोषणा गरिएको थियो । लगभग दुई हजार बासिन्दाहरूको समुदाय वेल्डन गाउँको उत्तर पूर्वमा केवल दुई सय मानिसहरूको घर छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ