arrow

मनास्लु हिमालको चुचुरोमा वाइवाइको झण्डा फहराउँदै पर्वतारोही पूर्णिमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २१ मंगलबार
nirwan-chaudhary-purnima-shrestha.jpg

काठमाडौं । चौधरी ग्रुपले पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रिन्कस्को ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । 

नेपालको पर्यटन प्रबद्र्धनमा विशेष भूमिका खेल्दै आएको चौधरी ग्रुपले श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने उद्देश्यका साथ ब्रान्ड एम्बासडर नियुक्त गरेको जनाएको छ ।

एक समारोहबीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आरोही श्रेष्ठलाई ब्रान्ड एम्बासडर नियुक्त गरेका हुन् । 

यसअघि सगरमाथासहित नेपालको ८००० मिटरभन्दा माथि उचाईका ७ ओटा हिमालहरु चढिसकेकी श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जाँदै छिन् । सो कार्यका लागि श्रेष्ठ सोमबार नै गन्तब्य स्थलतिर लागिसकेकी छिन् । 

सो कार्यक्रममा प्रबन्ध निर्देशक चौधरीले श्रेष्ठलाई वाइवाइको झन्डा प्रदान गरे । जुन झन्डा श्रेष्ठले मनास्लु हिमालको चुचुरोमा पनि फहराउने छिन् । ‘चौधरी ग्रुपसँग सहकार्य गर्न पाउँदा निकै उत्साही भएको  छु,’ श्रेष्ठले भनिन् । गोर्खाको आरुघाट ३ मा जन्मिएकी श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । उनी पेशाले फोटो पत्रकार हुन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ