arrow

प्रतिनिधि सभा निर्वाचनका लागि आठ महिला सिफारिस, कांग्रेसका तीन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २१ मंगलबार
congress-uml-maobadi-as-jasapa.jpg

लमजुङ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको उम्मेदवारका लागि लमजुङबाट ८ जना महिलाको नाम सिफारिस भएको छ । 

नेपाली कांग्रेसबाट तीन जना महिला, नेकपा एमालेबाट दुई जना महिला, माओवादी केन्द्रबाट दुई जना र नेपाल समाजवादी पार्टीबाट एक जना महिलाको नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएको हो ।

नेकपा एमालेबाट समानुपातिकतर्फ केन्द्रीय सदस्य, लमजुङ सहइन्चार्ज एवं संविधान सभा सदस्य टुकाभद्र हमाल र केन्द्रीय सदस्य कल्पना थापाको नाम सिफारिस भएको छ ।

माओवादी केन्द्रबाट समानुपातिकमा गण्डकी प्रदेशसभा सदस्य, केन्द्रीय सदस्य, गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङ र उर्मिला माझीको नाम सिफारिस भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ