arrow

नेपालमा डेंगी संक्रमित छ हजार नाघे, जथाभावी औषधि नखान सुझाव 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २१ मंगलबार
dengue-patient-teku-hospital.jpg

काठमाडौं । नेपालमा डेंगीको प्रकोप द्रुत गतिले बढिरहेको छ । संक्रमितको संख्या ६ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगी ७५ जिल्लामा फैलिसकेको छ । अहिलेसम्म छ हजार २०७ जनामा डेंगी पुष्टि भएको छ।

बागमती प्रदेशमा सबैभन्दा बढी चार हजार ६४७, प्रदेश १ मा २४८, मधेसमा १०२, गण्डकीमा १२२, लुम्बिनीमा ९०४, कर्णालीमा ४३ र सुदूरपश्चिम प्रदेशमा १४१ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको हो । 

ललितपुरमा दुई हजार २६३, काठमाडौंमा एक हजार २२९, मकवानपुरमा ६४१, रुपन्देहीमा ५२१ र भक्तपुरमा १२६ जनामा डेंगी पुष्टि भएको छ । 

डेंगी बढेसँगै कोरोनाका बेलामा गुर्जो खाने बढेजस्तै अहिले विभिन्न एन्टिबायोटिकसँगै रगतको प्लेटलेट्स बढाउने नाममा मेवाको पात खाने प्रवृत्ति बढेको छ । 

चिकित्सकहरुले भने जथाभावी औषधि प्रयोग नगर्न सचेत गराएका छन् । चिकित्सकहरुले मेवाको पात जथाभावी खाँदा बिरामीमा थप समस्या निम्त्याउने भन्दै सचेत गराएका छन् । 

डेंगीको औषधि अहिलेसम्म बनेको छैन । यो एउटा भाइरस हो । यसको उपचार भनेकै यसका लक्षणको उपचार गर्नु नै हो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ