arrow

कांग्रेस कुनै पनि हालतमा ८० सिटमा झर्दैन : भीमसेनदास प्रधान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २२ बुधबार
bhimshen-das.JPG

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री भीमसेनदास प्रधानले कांग्रेस कुनै पनि हालतमा ८० सिटमा झर्नै नसक्ने बताएका छन् ।  मङ्गलवार राजधानीको एक कार्यक्रममा नेता प्रधानले भने, “८० सिटमा सहमति हुने सम्भावना न्यून छ ।” 

नेता प्रधानले सिट बाँडफाँटबारे गठबन्धनभित्र निर्णय भई नसकेको बताए । गठबन्धनले बहुमत ल्याउने गरी सिट बाँडफाँट गर्नुपर्नेमा उनले जोड दिए । “नेताहरूले गठबन्धनको बहुमत आउने गरी अभ्यास गरिरहनु भएको छ”, उनले भने । 

सत्ता गठबन्धन बहुमत ल्याउने गरी रणनीति बनाएर अघि बढ्नुपर्ने बताएका छन्। आगामी चुनावमा रणनीतिसहित अघि बढेमा मात्रै निर्वाचनपछि गठबन्धनको सरकार बन्ने उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ