arrow

सन्दीपविरूद्ध नाबालिग बलात्कारको आरोपमा जाहेरी परेको पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २२ बुधबार
sandip-lamichhane.jpg
तस्बिर – फाइल ।

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध नाबालिग बलात्कार गरेको आरोपमा जाहेरी परेको पुष्टि भएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंले आज विज्ञप्ति निकालेर लामिछानेविरूद्ध मंगलबार जाहेरी दर्ता भएको पुष्टि गरेको हो । लामिछानेले १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको जाहेरी आएको प्रहरीको भनाइ छ ।

लामिछानेले ती नाबालिगलाई गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा घुम्न लगेका थिए । सोही मध्यराति आफूमाथि लामिछानेले पटक–पटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौंमा ल्याइ रातको अन्दाजी ११ः५५ बजे काठमाडौं–९ स्थित एक होटलको कोठा नम्बर ३०५ मा ६ गते बिहान १२ः२५ मा पटकपटक जबरजस्ती करणी गरेकोलगायत उल्लेख गरी २१ भदौमा प्रहरी वृत्त गौशालामा जाहेरी दर्खास्त परेको छ ।’

जाहेरी दर्ता भएलगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा पीडित किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराइएको छ । अनुसन्धानका लागि विभिन्न विधि र प्रविधि प्रयोग गरेर जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त टोली खटिएको विज्ञप्तिमा भनिएको छ । सन्दीप घटनाको भोलिपल्ट नेपाली क्रिकेट टोलीको नेतृत्व गर्दै केन्या गएका थिए ।

केन्यामा पाँच वटा टी–२० क्रिकेट खेलेपछि उनी उतैबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्न जमैका गएका थिए । अहिले उनी त्यहीँ छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ