arrow

गरिब हुनुको पीडा : ऋण गरेर चेकअप, चन्दा मागेर उपचार

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०७९ भदौ २२ बुधबार
birami.jpg

मुगु । नेपाली समुदायमा यतीसम्म गरिबी छ की उनीहरू सामान्य बिरामी हुँदा पनि स्वास्थ्य चेकअप गर्न ऋण गर्नुपर्ने र उपचार गर्न चन्दा,सहयोग माग्नु पर्ने अवस्था विद्यमान छ । 

यस्तै परिस्थिति मुगुका एक बिरामी युवकले भोग्नु परेको छ । छ महिना अघि बिरामी भएका ती युवा गाउँमा ऋण गरेर स्वास्थ्य चेकअप गर्न नेपालगंग शिक्षण अस्पताल पुगे जब चेकअपबाट दुवै मिर्गौला फेल भएको थाहा भयो उनी छाँगाबाट खसे झैँ भए । ऋण गरेर चेकअप गरियो तर मृगौला कसरी फेर्ने भनेर घरपरिवार तनावमा रहेका छन् ।

मृगौला दिन दाजु नर बहादुर थापा, काका भरत बहादुर थापासहित परिवारका ४ जना तयार भए पनि मृगौला ट्रान्सफर गर्न १० लाख खर्च लाग्ने भएपछि त्यत्रो पैसा कहाँबाट ल्याउने भनेर परिवार चिन्तित भएका हुन् । बिरामीलाई काठमाडौ अस्पताल मै छोडेर अहिले घरपरिवार जिल्लामा फर्केर घर घर बजार बजारमा बिरामीलाई बचाउन हात थाप्दै सहयोग मागी रहेका छन् । 

गमगढी बजारमा सहयोग माग्दै हिँडेका बिरामीका दाजु नर बहादुर थापा भन्छन् मृगौला दिने हामी घरका ४ जना तयार छौ तर १० लाख लाग्ने भयो त्यत्रो पैसा हामी गरिब कसरी ल्याऊ अब चन्दा सहयोग माग्दै हिँडेका छौ कोही मनकारी भगवानरुपी व्यक्तिहरूले सहयोग गरेमा भाइलाई बचाउन सक्छौ की ? दुवै हात जोडेर उहाँ भाइलाई बचाई दिन अनुरोध गदै गमगढी बजारमा आफन्त सँगै सहयोग माग्दै हिँडिरहेका छन् । 

दुवै मृगौला फेल भएका मुगु खत्याड गाउँपालिकाका वडा नम्बर ४ पैखुका २४ वर्षीय हरिलाल थापाको मृगौला फर्न लाग्ने १० लाख खर्च जोहो नहुँदा बिरामी अस्पतालमा र घरपरिवार गाउँ गाउँ बजार बजारमा छटपटिइरहेका छन् । 

फागुन २०७८ मा थापालाई स्वास्थ्य समस्या आए पछि नेपालगञ्जको नर्सिङ होम परीक्षण गर्दा दुवै मिर्गौला फेल भएको पाइएको थियो । नर्सिङ होमले थप उपचारका लागि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगन्जमा रिफर गरेको थियो । २४ वर्षीय थापाको हाल ज्ञानेश्वरस्थित हिमाल हस्पिटल प्रालीमा नियमित डायलोसिस भइरहेको छ । 

डायलोसिस सेवा सरकारले निःशुल्क गरे पनि रगत र सिरिञ्जका सामग्री खरिद गर्न पैसा आफैँले तिर्नुपर्ने भएकोले आर्थिक अभावमा परेका छन् । ‘हप्ताको दुई पटक डायलायसिस गर्नुपरेको छ । कम्तीमा पनि एक चोटि डायलायसिस गरेपछि ४ हजार खर्च लाग्र्ने गरेको छ । 

केही दिन पहिले घर बाट अन्न मालपाखर बिक्री गरेको रुपैयाँले उपचार गरियो अहिले घरबाट रुपैयाँ आउने स्रोत छैन । केही दिन देखी डायलायसिस नगरेर बसेको छु अव मृत्युको मुखमा पुग्छु जस्तो लागेको छ । 

बाच्ने आशा थियो भविष्यमा केही गरेर खाने लक्ष्य भए पनि दुबै मृगैला बिग्रेको हुँदा सबै लक्ष्य अधुरै हुर्ने भए दाजु,काकाहरूले हामी मृगौला दिएर भए पनि तँलाई बचाउँछौ भनेर पैसा खोज्न जिल्ला तिर जानु भएको छ त्यत्रो पैसा कसरी जुटाउनु होला फोनबाट रुँदै बिरामी हरिलाल थापाले भने देश विदेशमा रहेका मनकारी आमा, बुवा ,दाजु ,,भाइ दिदी, बहिनी मलाई सहयोग गरेर बचाई दिनुस् ।

चिकित्सकका अनुसार उनको अवस्था चौथो चरणमा पुगेकाले मिर्गौला फेर्नुको विकल्प छैन । चिकित्सकले प्रत्यारोपण गर्नुपर्ने बताए पनि खर्च अभावमा परिवारमा कसको मृगौला दिन मिल्छ भनेर चेकजाँच गर्न समेत नसकेको थापाले बताए । 

‘मिर्गौला कसको मिल्छ भनेर जाँच गर्न पनि पैसा छैन । घरपरिवारमा बुबा-आमा बुढेसकालमा हुनुहुन्छ । दाजु काकाको आश छ ,पैसा कमाउने कोही छैन ‘घरमा श्रीमती र सानी छोरी छन् उनी सासू ससुरा छोरी पालुन की मेरो उपचार गर्न गाउँ चहारदै हिडुन सुक्क सुक्क रोएको आवाज निकाल्दै थापा पिडा सुनाउँछन् ।

थापाको सम्पर्क नम्बर ९८४०२५३०१८ रहेको छ । सहयोग गर्न चाहने महानुभावले राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको खाता नम्बर ११७०१००६०३३२१०१० रकम जम्मा गर्न सक्नु हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ