हाङझाउ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबचि तीन मुद्दामा चर्चा भएको छ । दुई नेताहरुबीच पीओकेमा बनिरहेको चीन–पाकिस्तान आर्थिक करिडोरका विषयमा विशेष चर्चा भएको छ ।
त्यस्तै न्यूक्लियर सप्लायर्स गु्रप्समा भारतको सदस्यता तथा आतंकबादका विषयमा चर्चा भएको जनाइएको छ । मोदी जी –२० शिखर सम्मेलनमा भाग लिन चीन गएका बेलामा दुई नेताबीच कुराकानी भएको हो ।
मोदीले सोमबार अमेरिकी राष्ट्रपति बराक ओमाबासंग छलफल गर्ने भारतीय संचारमाध्यमहरुले बताएका छन् ।