arrow

संसदमा सबैभन्दा सक्रियमध्येका दिव्यमणीको भावुक मन्तव्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २२ बुधबार
divyamani-rajbhandari-2079-05-22.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले आफूलाई सांसद बनाएर गरिमामय संसदमा भूमिका निर्वाह गर्न दिएकोमा पार्टीप्रति आभार व्यक्त गरेका छन् । 

बुधबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद राजभण्डारीले सांसद बनाएकामा कांग्रेसलाई आभार व्यक्त गर्दै आफूले जनताको आकांक्षाअनुसारका काम पूरा गर्न नसकेकामा क्षमासमेत मागेका छन् । 

संसदको कार्यकाल सकिँदो क्रममा रहेका बेलामा सांसद राजभण्डारीले भावपूर्ण मन्तव्य राखेका हुन् । उनी जारी प्रतिनिधि सभाका सबैभन्दा सक्रिय सांसदमध्येका एक हुन् । 

उनी केबल आठ दिनमात्र गयल भएका छन् । त्यसैगरी हरेकजसो विषयमा आफ्नो विचार राख्दै आएका छन् । उनले संसदमा आफ्नो सकारात्मक कार्यमा सहयोग गर्ने सभामुखदेखि सबै सांसदहरुमा आभारसमेत प्रकट गरेका छन् । 

नेपाली कांग्रेस र नेकपा एमालेले अहिले समानुपातिकमा परेका सांसदहरुलाई नदोहोर्याउने निर्णय गरिसकेको छ । जसका कारण प्रत्यक्षबाट चुनाव लड्ने सम्भावना कम भएका कांग्रेस नेता राजभण्डारीले संसदको कार्यकाल सकिनुअघि नै आभार प्रकट गरेका हुन् । 

उनले भावपूर्ण बिदाई भाषणको अन्तिममा निकै घतलाग्दो वाक्य भनेका छन् । उनले आशावादी हुँदै सबैलाई आग्रह गर्दै भनेका छन् – विकासका फूल फुलाउँ सबैलाई खुशी राखौं ।    

यस्तो छ बुधबार संसदमा उनले दिएको मन्तव्य–
सम्माननीय सभामुख महोदय ! मेरो जिन्दगीमा एक पटकका लागि यस गरिमामय संसदमा प्रतिनिधित्व गर्ने मौका दिनुभएकोमा मेरो पार्टी नेपाली कांग्रेसप्रति आभार व्यक्त गर्दछु । यसै कार्यकालमा आठ दिन गयल भइ बाँकी समय उपस्थित भइ क्रियाशील कार्य गर्न पाएकोमा म बहुत खुशी छु । जनताको आकांक्षाअनुसार सबै कार्य गर्न नपाएकोमा क्षमा याचना गर्दछु । यस संसदमा मेरो सकारात्मक कार्यमा सहयोग गर्नु हुने सम्माननीय सभामुखलगायत सबै माननीय मित्रहरुमा कृतज्ञता टक्रयाउँछु । सचिवालय र नेपाल सरकारका सबै साथीहरुलाई धन्यवाद दिन्छु । आफ्नो जिम्मेवारी पुर्याउँदा केही गल्ती भएको छ भने सबैसँग म क्षमा माग्दछु । सबै मित्रहरुको भविष्यको लागि सफलताको लागि शुभकामना दिन्छु । विकासका फूल फुलाउँ सबैलाई खुशी राखौं ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ