- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगञ्ज । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ ले आफ्नो निर्वाचन क्षेत्रमा देखिएको समस्याको बारेमा उर्जा र कृषि मन्त्रीसँग छुट्टाछुट्टै छलफल गरेका छन् । बाँके क्षेत्र नं १ को नरैनापुरमा देखिएको खडेरीको समस्याका बारेमा मन्त्री अथकले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालसँग भेटेर छलफल गरेका हुन् ।
लामो समयदेखिको खडेरीका कारण नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरीएको जानकारी गराउँदै मन्त्री अथकले त्यस क्षेत्रमा तत्काल डिप बोरिङको ब्यवस्था गरिदिन उर्जा मन्त्री भुषालसँग माग गरेका छन् ।
सुख्खा क्षेत्र घोषणा भएको नरैनापुरका नागरिकलाई भोकमरीबाट बचाउन तत्काल आवश्यक पहल गर्नुपर्नेमा जोड दिँदै मन्त्री अथकले तत्कालका लागि डिप बोरिङ र दीर्घकालीन रुपमा सिक्टा सिँचाइ आयोजनामार्फत नरैनापुरका कृषकहरुलाई सिँचाइको ब्यवस्था गर्नेतर्फ उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले विशेष पहल गर्नुपर्ने बताए ।
जवाफमा उर्जा मन्त्री भुषालले सकारात्मक प्रतिक्रिया दिएकी छिन् । यसैबीच मन्त्री अथकले नै कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवसँग भेटेर नरैनापुरका कृषकहरुका लागि तत्काल राहत प्याकेज ल्याउन आग्रह गरेका छन् । अर्थमन्त्री र आफूले समेत त्यस क्षेत्रको स्थलगत निरीक्षण गरिसकेकाले तत्काल राहत प्याकेजको प्रस्ताव क्याबिनेटमा लैजान मन्त्री अथकले आग्रह गरेका हुन् ।