- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । बिहीबार काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउको अनुमति दिएको अदालतका वैतनिक वकिल शिवराज पोखरेलले पुष्टि गरेका हुन् ।
१७ वर्षीया नाबालिगले गत मंगलबार भदौ २१ गते जबरजस्ती करणीको आरोपसहित मुद्दा दर्ता गरेपछि प्रहरीले सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी गर्न अदालतलाई निवेदन दिएको थियो ।
‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा निज सन्दिप लामिछाने उपर थप अनुसन्धान गर्नका लागि सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको,’ जिल्ला प्रहरी परिसर काठमाडौंले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सन्दीप हाल वेष्ट इन्डिजमा क्यारेबियन क्रिकेट लिग खेलिरहेका छन् । पक्राउ पूर्जी जारी भएसँगै प्रहरीलाई अब सन्दीपलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने गर्ने बाटो खुलेको छ ।
यसअघि नै प्रहरीले इन्टरपोल लगाएरै भए पनि सन्दीपलाई फिर्ता ल्याउने बताएको थियो । नेपाल क्रिकेट संघ क्यानले प्रहरीलाई आवश्यक सहयोग गर्ने बताइसकेको छ ।