arrow

प्रशान्त महासागरको बीचमा नयाँ राज्य बनाउने चिनियाँली योजना बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २३ बिहिबार
marshall-island.jpg

काठमाडौं । एक चिनियाँ जोडीले प्रशान्त महासागरको मार्शल टापुहरू बीचमा एक मिनी राज्य स्थापना गर्ने योजना बनाएको र त्यहाँका सांसद एवं अधिकारीहरूलाई घुस दिएको अमेरिकी अभियोजकहरूले जनाएका छन् ।

चिनियाँ जोडी एक पुरुष र महिलाले दुर्गम एटोलमा अर्ध स्वायत्त क्षेत्र (एसएआर) स्थापना गर्न सांसदहरूलाई मनाउने प्रयास गरेका हुन् । यस्तो क्षेत्रले सन् १९७९ सम्म अमेरिकाद्वारा प्रशासित प्यासिफिक राष्ट्र मार्शल टापुमा विदेशी पहुँच विस्तार गर्नसक्छ ।

मार्शल टापुको सरकारले विपक्षी दलहरूको आह्वानको बाबजुद पनि आरोपहरूलाई पूर्ण रूपमा सम्बोधन गर्न सकेको छैन ।

तर अमेरिकी अधिकारीहरूले प्रतिवादीहरू क्यारी यान र जीना झोउले टापु राष्ट्रको सार्वभौमिकतालाई कमजोर बनाएको बताएका छन् ।

उनीहरूको प्रयासहरूले सन् २०१८ र सन् २०२० मा मार्शल टापुको संसदमा एसएआरको निर्माणलाई समर्थन गर्ने विधेयकहरु देखिएको अमेरिकी अभियोजकहरुले जनाएका छन् ।

अभियोजकहरूले आरोपपत्रमा नाम नखुलाइएका मार्शल आइल्याण्डका धेरै सांसदहरूले  ७ हजारदेखि २२ हजार डलरसम्म घुस लिएर सो विधेयकको पक्षमा हस्ताक्षर गरेको बताएका छन् ।

यो जोडीलाई २०२० मा थाइल्याण्डमा हिरासतमा राखिएको थियो र गत हप्ता अमेरिका सुपुर्दगी गरिएको छ। 'यान र झोउको घूसले मार्शल टापुहरूको गणतन्त्र र यसको विधायिकाको सार्वभौमसत्ताको स्पष्ट उल्लङ्घन गर्‍यो,' न्यूयोर्कको दक्षिणी जिल्लाका लागि अमेरिकी अधिवक्ता डेमियन विलियम्सले भनेका छन् ।

हवाई र अष्ट्रेलियाको बीचमा रहेको मार्शल टापुसमुह चार दशकसम्म अमेरिकी प्रशासनको अधीनमा रहेपछि सन् १९७९ मा स्वतन्त्र भएको थियो।

प्यासिफिकमा वाशिंगटनको लागि महत्वपूर्ण रणनीतिक आधार बनेको मार्शल टापु समुहमा अमेरिकासँग केही सुरक्षा गठबन्धन छन् । यससँगै यहाँ चीनको प्रभाव पनि बढ्दै गइरहेको छ ।

यसरी बन्याे याेजना

चिनियाँ जोडीले न्यूयोर्कमा आधारित एनजीओ सञ्चालन गरेर त्यसकैको माध्यमबाट मार्शल टापुका अधिकारीहरूसँग पैसा तिर्ने र सम्पर्क गरेको अभियोजकहरूले जनाएका छन् ।

सन् २०१६ मा तिनीहरूले रोन्जेलाप एटोलमा एसएआर बनाउनको लागि टापुका प्रतिनिधिहरूसँग सम्पर्क गरेका थिए । यो क्षेत्र सज् १९५० मा अमेरिकी हाइड्रोजन बम परीक्षण पछि परित्याग गरिएको थियो ।

अमेरिकी अधिकारीहरूका अनुसार यान र झाओले विदेशी लगानी आकर्षित गर्न कर कटौती र अध्यागमन प्रतिबन्धहरू खुकुलो पारेर टापुका कानूनहरूलाई महत्वपूर्ण रूपमा परिवर्तन गर्ने लक्ष्य राखेका थिए ।

सन् २०१८ मा घुस लिएका सांसदहरूले संसदमा प्रस्तावित एसएआर लाई समर्थन गर्ने बिधेयक पेश गरेका थिए । तर यो विधेयक पास भएको थिएन ।

तर हिल्डा हेइनले २०१९ को आम चुनावमा हारेपछि २०२० मा नयाँ संसदले त्यसपछि एउटा प्रस्ताव पारित गरेको थियो । जसले एसएआरको अवधारणालाई समर्थन गर्दै स्थापनाका लागि नयाँ विधेयकको बाटो खुला गरेको थियो ।

त्यसैवर्ष पछि यान र झाओ थाइल्याण्डमा हिरासतमा परेका थिए । उनीहरूमाथि अमेरिकामा विदेशी भ्रष्टाचार, मनी लन्डरिङ र घुसखोरीसम्बन्धी अभियोग लगाइएको छ।

सोमबार मार्शल टापु समूहकी पूर्व राष्ट्रपति हेइनले मार्शल टापुको सरकारले यस मुद्दालाई सम्बोधन गर्न माग गर्नेहरूलाई समर्थन गर्दै आवाज उठाएकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ