- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सङ्घीय मामला तथा प्रदेश समन्वय विभाग सदस्य गोपालबहादुर शाहलाई जिल्ला समिति बर्दियाले उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
समितिले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि शाहलाई बर्दिया क्षेत्र नं २ (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।
राजनीतिक विश्लेषक तथा अधिकारकर्मीको रूपमा परिचित शाह मानव अधिकार र द्वन्द्वपीडित समुदायको पक्षमा निरन्तर सङ्घर्षरत छन् ।
आगामी निर्वाचनमा पार्टीले टिकट दिनेमा शाह विश्वस्त रहेका छन् ।