arrow

आफैले रोपेको बिरुवामा पानी राखेर विश्वप्रकाशले सम्झिए वीपीलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २४ शुक्रबार
vishwaprakash-sharma-rudrakchaya.jpeg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफैले रोपेको रुद्राक्षको रुखमा पानी राखेर महामानव वीपी कोइरालालाई सम्झिएका छन् । उनले सुन्दरीजल पुगेर आफूले गत वर्ष यसै दिन रोपेको रुद्राक्षको बिरुवामा शुक्रबार पानी राखेर वीपीलाई सम्झेका हुन् । 

उनले गत वर्ष यसैदिन सुन्दरीजल पुगेर रुद्राक्षको बिरुवा रोपेर नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महामन्त्रीमा उम्मेदवारी घोष्णा गरेका थिए । त्यही बिरुवा रोपेर गरेको घोषणापछि अहिले महामन्त्री बनेपछि सुन्दरीजलमै पुगेर वीपीलाई सम्झेक हुन् । 

उनले सामाजिक संजाल फेसबुक र ट्वीटरमा लेखेका छन्– ‘५ वर्षमा जे गर्न सकिन्छ, त्यो सोचौं, त्यही लेखौं, अनि एक भएर त्यो पूरा गरौं । तर समग्रमा नेपालको १५ वर्षको सपना कोरौं ’ आज भदौ २४ वीपीप्रती श्रद्धा सुमन । रुद्राक्षको वृक्ष यति अग्लो भइसकेछ । महामन्त्री पदको उम्मेदवारी घोषणा गरेर पोहोर आजकै दिन सुन्दरीजलमा मैले जो रोपेको थिएँ !’

विश्वप्रकाशसँगै सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डे लगायतले पनि उक्त रुद्राक्षमा पानी हालेका छन् । 



नयाँ