arrow

बेलायती महारानीको निधनमा नेपालमा तीन दिन शोक मनाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २४ शुक्रबार
pm-office-singha-durbar-ktm-2078.jpg

काठमाडौं । नेपाल सरकारले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्व. महारानी एलिजाबेथको सम्मानमा यही भदौ २५ देखि २७ गतेसम्म शोक मनाउने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकले नेपालभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बिहीबार राति राति निधन भएको हो । 

नेपाल सरकारले उनको निधनप्रति दुःख व्यक्त गर्दै स्व महारानीको दिवङ्गत आत्माको शान्तिको कामना गरेको छ । यस दुःखद् घडीमा बेलायत सरकार, जनता एवं शोकसन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकारले समवेदना प्रकट गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ