arrow

थपिए १६३ जना कोरोना संक्रमित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २५ शनिबार
corona-omicron-nepal.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा एक सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार सात सय ४३ जनाको नमूना परीक्षण गर्दा एक सय ६३ जनामा संक्रमण देखिएको हो ।

पीसीआर परीक्षणबाट एक सय १२ जना र एन्टीजेन परीक्षणबाट ५१ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी हाल नेपालमा २४ सय २० जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण १२ हजार १२ जनाले ज्यान गुमाइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ