arrow

दलहरुले समानुपातिकतर्फको बन्दसूची असोज २ र ३ गते बुझाउनुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २६ आइतबार
election-commission-hq-building-2022.jpg

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दीसूची बुझाउने समय असोज २ र ३ गतेलाई तोकेको छ । आइतबार निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । 

असोज २ देखि ३ गतेसम्म दलले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुपर्नेछ आयोगले सूचना जारी गर्दै जनाएको छ । उक्त बन्द सूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्ने र कानून अनुसार नभएमा सच्याउन दलहरूलाई सूचित गर्ने छ । 

यस्तै दलहरुले बन्दसूची सच्याएर असोज १० देखि १६ गतेसम्म पेश गर्नुपर्ने छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ