arrow

पोखरा उद्योग वाणिज्य संघमा पवन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २६ आइतबार
Pawan prajapati.jpg

पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापति भारी मतले विजयी भएका छन् । उनले प्रतिस्पर्धी अर्जुन पोखरेललाई पराजित गरेका हुन् । पवन-अर्जुनको मतान्तर झाण्डै दोब्बर रहेको छ ।  पवनले १६ सय १३ र अर्जुनले ८९७ मत प्राप्त गरे ।

पवन प्यानलबाट उद्योग उपाध्यक्षबाहेका सबै पदाधिकारी र साधारण सदस्यतर्फ १० जनामध्ये ७ जना विजयी बने । संघको वरिष्ठ उपाध्यक्षमा पनि पवन समूहका गोकर्ण कार्की विजयी बने । गोकर्णले १७ सय ७६ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी हरिहर सापकोटाले ७३८ मत प्राप्त गरे ।

उद्योगतर्फको उपाध्यक्ष देवेन्द्र केसी १७ सय ९१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी हिरामणि पण्डितले ७२० मत ल्याए । वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्यले ९६९ मत प्राप्तगर्दा उनका निकटतम प्रतिद्वन्द्वी शोवित पौडेलले ८७८ र अर्की प्रतिस्पर्धी कुमारी मुना बास्तोलाले ६४८ मत प्राप्त गरिन् । विजयी बनेका उत्तम पवनको समूहबाट मैदानमा उत्रेका थिए भने शोवित स्वतन्त्र र कुमारी मुना अर्जुनको प्यानलमा थिइन् । 

यस्तै, महासचिवमा पवन समूहका बलराम आचार्यले बाजी मारे । उनले ९१० मत प्राप्त गरे प्रतिस्पर्धी केशवबहादुर खत्रीले ८२९ र स्वतन्त्र उम्मेद्वार तारानाथ ढुंगानाले ७५९ मत प्राप्त गरे । 

कोषाध्यक्षमा १५ सय ९९ मतसहित दिनेशचन्द्र बास्तोला विजयी हुँदा प्रतिस्पर्धी हरिराज पन्तले ९०५ मत प्राप्त गरे । उपमहासचिवमा शोभा गौतम १७ सय ५५ मतसहित विजयी बनिन् । उनका प्रतिस्पर्धी हर्कबहादुर अधिकारीले ७५८ मत ल्याए । 

कार्यसमिति सदस्यमा प्रभा सुवेदी, बालकृष्ण कोइराला, सुदीप प्रधानाङ्ग, दिलिपकुमार श्रेष्ठ, भरत केसी, कृष्णप्रसाद कोइराला, भीम गौतम, माधव बस्ताकोटी, मनोजकुमार श्रेष्ठ र सुदीप ओझा विजयी बने । यीमध्ये बालकृष्ण, सुदीप र भरत केसी यसअघि पनि कार्यसमितिमा रहेका थिए । दीलिपकुमार, भरत र माधव अर्जुन पोखरेल प्यानलबाट मैदानमा उत्रिएका थिए । 

उता, वस्तुगत सदस्यतर्फ जीवनप्रकाश श्रेष्ठ (२७), प्रेमप्रसाद सुवेदी (२७), लेखनाथ सुवेदी (२३) र लीलाधर चपागाईं (२२) विजयी बने । उनीहरू क्रमशः फ्लोरिङ एण्ड फर्निचर, कस्मेटिक व्यवसायी संघ, थोक व्यवसायी संघ र खुद्रा तथा किराना व्यवसायी संघको प्रतिनिधित्व गर्दै उम्मेद्वार बनेका थिए ।

चार सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको थियो । भाँडा व्यवसायीबाट कुश कार्की र कपडा व्यवसायीबाट विष्णुप्रसाद तिमिल्सिना उम्मेद्वार बनेका थिए । संघका सदस्य रहेका ३० वटा वस्तुगत संघले यी उम्मेद्वारलाई मतदान गरेका हुन् । एसोसियटमा बन्दना कार्की केसी र रामप्रसाद कँडेल निर्विरोध हुँदा औद्योगिक सदस्यमा युवकबहादुर बस्नेत पनि निर्विरोध भए ।

संघको शनिबार सम्पन्न निर्वाचनका लागि ३१ सय ४३ जना मतदाता रहेका थिए भने तीमध्ये २५ सय ४९ जनाले मतदानमा सहभागिता जनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ