arrow

आगामी निर्वाचनमा तीन तहको सुरक्षा घेरा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २६ आइतबार
election-security-balkrishna-khand.jpg

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गृह मन्त्रालयले तयार गरेको एकीकृत सुरक्षा योजना पारित गरिएको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सुरक्षा योजना पारित गरेको हो ।

‘एकीकृत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन विशेष सुरक्षा योजना’ पारित भएको गृह प्रवक्ता एवं सहसचिव फणिन्द्रमणी पोखरेलले बताए ।

बैठकले तहमा सुरक्षा घेरा बनाउने निर्णय पारित गरेको उनले बताए । निर्वाचन आयोगले निर्धारण गर्ने मतदान केन्द्रको आधारमा चुनावमा परिचालन गर्ने सुरक्षाकर्मीको संख्या परिचालन गर्ने बैठकले निष्कर्ष निकालेको छ ।

निर्वाचन सुरक्षाको पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा सेना खटाउने निर्णय गरिएको छ । सेना परिचालनका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई आग्रह गर्नुपर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ