arrow

दाङबाट एमालेका महासचिव र माओवादीका उपाध्यक्ष भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २७ सोमबार
shankar-pokhrel-1.jpg.jpeg

काठमडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का दुई ठुला नेताहरुबीच दाङमा प्रतिस्पर्धा हुने भएको हो । दाङको क्षेत्र नं २ लाई मैदान बनाएर एमालेका महासचिव शङ्कर पोखरेल र माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा भिड्दै छन् । 

एमाले ले पार्टी महासचिव पोखरेललाई दाङ क्षेत्र नं २ बाट एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ । महासचिव पोखरेल एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्र हुन् । यो क्षेत्रमा पोखरेललाई जिताउन एमालेले हर सम्भव प्रयास गर्नेछ । 

त्यस्तै माओवादी केन्द्रले उपाध्यक्ष महरालाई सिफारिस गरेको छ । उपाध्यक्ष महरा २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका हुन् । यस पटक गठबन्धनको साथमा यो क्षेत्र जित्न उनको प्रयास रहनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ