arrow

अमेरिकी चीप चीन निर्यातमा प्रतिबन्ध घोषणा गर्दै बाइडेन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २७ सोमबार
oil-asia-semiconductor.jpg

काठमाडौं । संयुक्त राज्य अमेरिकाले कृत्रिम बुद्धिमत्ता (एआई)का लागि प्रयोग हुने सेमीकन्डक्टरहरूको निर्भरता हटाउन चीनमा निर्यात रोक्दै प्रतिबन्धको घोषणा गर्ने तयारी गरेको रोयटर्सले जनाएको छ ।

केएलए कर्प, लाम रिसर्च कर्प र एप्लाइड मटेरियल्स इंकलाई पठाइएको पत्रमा जो बाइडेन प्रशासनले उनीहरूलाई चीनमा चिप बनाउने उपकरणहरू पठाउन बन्द गर्न भनेको छ । तर, वाणिज्य विभागको इजाजतपत्र लिएर भने कारखानामा उपकरण पठाउन पाउनेछन् ।

यस क्षेत्रका दुई प्रमुख खेलाडी एनभिडिया र एएमडीलार्य आर्टिफिसियल इन्टेलिजेन्स चिप्सको उत्पादन चीनमा निर्यात गर्नुअघि उचित इजाजतपत्र प्राप्त गर्नसमेत भनिएको छ ।

रोयटर्सका अनुसार यो कदम चीनलाई अमेरिकी प्रविधि प्रयोग गरेर प्राविधिक विकास गर्नबाट रोक्नको लागि हो। 

ह्वाइट हाउस नजिकका एक व्यक्तिले समाचार एजेन्सीलाई भने अनुसार अधिकारीहरूले अमेरिकी राष्ट्रिय सुरक्षा र विदेश नीतिको हितको रक्षा गर्न चीनलाई अमेरिकी प्रविधि प्राप्त गर्नबाट रोक्नको लागि थप कदम चाल्न व्यापक दृष्टिकोण अपनाइरहेका छन् ।

अमेरिकी सरकारले यसअघि अमेरिकाका चिप्स उत्पादकहरूलाई धेरै प्रोत्साहन गर्ने घोषणा गरेको थियो र चिप्स विधेयकले उद्योगमा निकै उत्साह देखाएको थियो। यद्यपि, हरेक वर्ष ठूलो मात्रामा ढुवानीको साथ अमेरिकी सुपरकन्डक्टर चिप्सको कुरा गर्दा चीन प्रमुख उपभोक्ता बन्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ