arrow

गण्डकी प्रज्ञा प्रतिष्ठान र रशियन कल्चरबीच भगिनी सम्बन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २७ सोमबार
mankumar.jpg

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठान र रशियन सेन्टर अफ साइन्स एण्ड कल्चरबीच भगिनी सम्बन्ध कायम भएको छ । सोमबार पोखरामा दुवै पक्षबीच सम्झौता भएको छ । सम्झौता पत्रमा रसियन सेन्टर अफ साइन्स एण्ड कल्चरकोतर्फबाट डाइरेक्टर एन्टोन मास्लोभ र गण्डकी प्रज्ञा प्रतिष्ठानको तर्फबाट सदस्य सचिव मनकुमार श्रेष्ठले हस्ताक्षर गरें ।

उक्त अवसरमा सदस्य सचिव श्रेष्ठले आफूहरुको कार्यकालको ऐतिहासिक सम्झौता भएको बताए । सम्झौता पश्चात हरेक वर्ष सांस्कृतिक कार्यक्रम आदानप्रदान हुने उनको भनाई छ । ‘यो ऐतिहासिक सम्झौता हो, अब हरेक वर्ष सांस्कृतिक कार्यक्रम आदान-प्रदान हुनेछ’ श्रेष्ठले भने ।

रशियन दूतावासका प्रथम सचिवसमेत रहेका मास्लोभले गण्डकी प्रज्ञा प्रतिष्ठानसँग भगिनी सम्बन्ध विस्तार गर्न पाउँदा अत्यन्त खुशी लागेको प्रतिक्रिया दिए । ‘गण्डकी प्रज्ञा प्रतिष्ठानसँग भगिनी सम्बन्ध विस्तार गर्न पाउँदा अत्यन्त खुशी लागेको छ, यो सम्बन्ध दीर्घकालिन बनाउने छौँ’, उनले वाचा गरे ।

सम्बन्ध स्थापित भएसँगै गण्डकी प्रज्ञा प्रतिष्ठानले रशियन सांस्कृतिक टोलीलाई पोखरामा निमन्त्रणा गरेको छ । सो निमन्त्रणालाई स्वीकार गर्दै डाइरेक्टर मास्लोभले २५ जनाको टोली आगामी कार्तिक २१ पोखरा आउने बताएको प्रतिष्ठानका सदस्य सचिव श्रेष्ठले जानकारी दिए ।

सांस्कृतिक टोलीको सहभािगतामा कार्तिक २२ गते पोखरामा एक-अर्काको संस्कृतिका बारेमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने प्रतिष्ठानले जनाएको छ । 

यसैगरी गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा कार्तिक २३ गते ‘रशियन कल्चर शो’ समेत हुनेछ । यो ‘कल्चरल शो’ मार्फत गण्डकी प्रदेशवासीले रशियन कल्चरको बारेमा जानकारी पाउने विश्वास छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ