arrow

कोरोनाका २०३ संक्रमित थपिए, १७ आईसीयूमा, एक जनाको भेन्टिलेटरमा उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २८ मंगलबार
corona-omicron-nepal.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा थप दुई सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ५९ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो । 

संकलित नमूनामध्ये १३ सयलाई आरटी पीसीआर र तीन हजार सात सय ५९ नमूना एन्टीजेनबाट परीक्षण गरिएको थियो । त्यसमध्ये ८७ जनामा पीसीआरबाट र ११६ जनामा एन्टीजेनबाट संक्रमण देखिएको थियो । 

नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या नौ लाख ८४ हजार सात सय १० पुगेको छ भने हाल २२ सय ३२ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

यस्तै कोरोना संक्रमणबाट १२ सय १५ जनाले ज्यान गुमाएका छन् । 

हाल १७ जनाको आईसीयूमा र एक जनाको भेन्टिलेटरमा रहेर उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ