arrow

डेंगी भयावह बन्दा पनि चासो कम, देशभर पुगे १० हजार संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २८ मंगलबार
birami-darchula-dengue.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपालमा १० हजारको हाराहारीमा डेंगीको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दश महिनामा ७५ जिल्लाका ९ हजार ८ सय ३५ जनामा डेंगीको संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा बढी डेंगी संक्रमित बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा ७ हजार ४ सय ४० जनामा डेंगी पुष्टि भएको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा ६६ जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै लुम्बिनी प्रदेशमा १३ सय ५६, प्रदेश १ मा ३ सय २०, सुदूरपश्चिममा २ सय ७१, गण्डकीमा २ सय २ र  मधेश प्रदेशमा १ सय ८० जनामा डेंगी पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

डेंगी भयावह बन्दा पनि सरकारका तर्फबाट चासो भने कमै भएको देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ