arrow
ADVERTISEMENT

बेलायती महारानीको शव बकिंघम दरबार पुर्‍याइयो, १९ तारिखमा अन्तिम संस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २९ बुधबार
queen-elizabeth-coffin.jpg

लण्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयाको शव राखिएको कफिन लन्डनको बकिंघम प्यालेसमा पुगेको छ । स्थानीय समयअनुसार राति ८ बजे इडिनवर्गबाट दरबारमा कफिन लैँजादा भव्य बिदाइ गरिएको थियो ।

महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । उनको सेप्टेम्बर १९ मा अन्तिम संस्कार गरिने छ । बीबीसीका अनुसार महारानीको राजकीय अन्तेष्टिमा शाही परिवार, विभिन्न देशका विशिष्ट व्यक्तिहरु सहभागी हुनेछन् ।

उक्त दिनमा सार्वजनिक बिदा घोषणा गरिएको छ।

अन्तिम संस्कार गर्नुअघि महारानीको पार्थिव शरीरलाई चार दिन राजकीय अन्तिम श्रद्धाञ्जलिका लागि राखिने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ