arrow

निगमको जहाजमा धुवाँ देखिएपछि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २९ बुधबार
nepal-airline-aa.jpeg

काठमाडौं । सामान राख्ने कम्पार्टमेन्टमा धुवाँ देखिएपछि नेपाल वायुसेवा निगमको वाइड बडी विमान काठमाडौंमै फर्किएको छ । 

१ सय ८४ यात्रु बोकेर जापानको नारिताका लागि उडेको विमानमा धुवाँ देखिएपछि आधा घण्टामै काठमाडौं फर्किएको हो । 

आर ए ४३३ हवाई जहाज बुधबार राति ११ बजे नारिताका लागि उडेको थियो । जहाजको कार्गो स्थलमा धुवाँ देखिएको थियो । 

कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको ककपिटमा सङ्केत देखिएपछि चालक दलले जहाज काठमाडौं नै फर्काएका थिए ।  मर्मत पछि विमान पुनः नारिता उडाउने तयारीमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ