arrow

कोरोनाका एक संक्रमित भेन्टिलेटरमा, १९ आईसीयूमा, ११९ थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २९ बुधबार
corona-omicron-nepal.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीका थप ११९ संक्रमित थपिएका छन् । जसमा ८९ जना पीसीआरबाट तथा ३० जना एन्टिजेन परीक्षणबाट पाइएका हुन् । हाल एक जनाको भेन्टिलेटरमा र १९ जनाको आईसीयूमा उपचार भइरहेको छ । 

७२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । अहिलेसम्म १२ हजार १५ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । 

हाल सक्रिय संक्रमितको संख्या २ हजार १९१ रहेको छ । काठमाडौं उपत्यकामा अझै सक्रिय संक्रमित उल्लेख्य छन् । काठमाडौंमा ८३५, ललितपुरमा ३७६ तथा भक्तपुरमा ३३ जना संक्रमित रहेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ