arrow

कास्कीमा एक मतदानस्थल गाभियो, एक थपियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २९ बुधबार
election-commission-hq-building-2022.jpg
फाइल तस्वीर

पोखरा । कास्की जिल्लामा एक मतदान स्थल गाभिएको छ भने एक मतदानस्थल थपिएको छ । जिल्लामा पोखरा महानगरपालिका वडा नं. ३० स्थित सरस्वती आधारभूत विद्यालय मतदानस्थल सोही वडाको त्रिभुवन शान्ति माध्यमिक विद्यालयमा गाभिएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । 

उनका अनुसार पोखरा महानगरपालिका-१८ भकुण्डेस्थित शान्ता माविमा एक मदतानस्थल थपिएको छ । जिल्लामा कूल १५० मतदानस्थल रहेकामा एउटा गाभिएको र एउटा थपिएका कारण सोही संख्या नै यथावत रहेको उनले जानकारी दिए ।

भौगोलिक अवस्था, बाटोको दूरीलगायतका आधारमा मतदानस्थल निर्धारण गरिने कानूनी व्यवस्था छ । सामान्यतः पहाडी क्षेत्रमा मतदानस्थल पुग्नका लागि एकतर्फी चार किलोमिटरभन्दा बढी दूरी हुन नहुने प्रावधान छ । जिल्लामा हाल ३३६ मतदान केन्द्र रहेका छन् । 

यसअघिको स्थानीय निर्वाचनमा कास्कीमा कूल मतदाता सङ्ख्या दुई लाख ८१ हजार नौ सय ४० रहेकामा आशन्न निर्वाचनका लागि लगभग १० हजार संख्या थपिने जनाइएको छ । कार्यालयले मतदाता नामावली अद्यावधिक गर्ने काम गरिरहेको न्यौपानेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ