arrow

बेथानचोकको ढुङ्गाखानीमा पुरिएर तीनको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३० बिहिबार
kavre-distric.jpg

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलालगणेस्थानस्थित ढुङ्गा खानीमा आज राति गएको पहिरामा पुरिएर दुईजनाको र उपचारको क्रममा एक जनाको मृत्यु भएको छ । 

सो घटनामा परी निधन हुनेमा वर्ष ४४ का नीरबहादुर तामाङ र उनकी बहिनी वर्ष ४४ की सावीत्री तामाङ र नीरबहादुरकी आमा लादुलुङको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरीका कार्यालयका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशीका अनुसार सो घटनामा परी निधन भएका वर्ष ४४ का नीरबहादुर तामाङ र उनकी बहिनी वर्ष ४४ की सावीत्री तामाङको सनाखत भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ