arrow

प्लाइउड निर्यात

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३१ शुक्रबार
wood-smuggling.jpg

झापा । नेपालबाट प्लाइउड भारतसहित विभिन्न देशमा निर्यात हुँदै आएको छ । नेपाल भेनियर उत्पादक सङ्घ झापाका सचिव दिनेश चापागाईँका अनुसार नेपालमा ७९ वटा प्लाइउड उद्योग दर्ता रहेका छन् । तीमध्ये सञ्चालनमा रहेका ६३ वटा उद्योगले उत्पादन गरेको प्लाइउड भारतसहित विभिन्न देशमा निर्यात हुँदै आएको सचिव चापागाईँले बताए ।  

पछिल्लो तीन महिनामा मात्रै नेपालले रु ५० करोडको प्लाइउड विदेश निर्यात गरेको छ । मुलुकमै सबैभन्दा धेरै प्लाइउड उद्योग झापामा छन् । झापामा मात्रै १६ उद्योग सञ्चालनमा रहेको सचिव चापागार्इँले बताए । त्यस्तै मोरङ र सुनसरीमा १४ उद्योग सञ्चालनमा रहेको र देशभर ६३ प्लाइउड उद्योगले प्लाइ उत्पादन गर्ने गरेको उनको भनाइ छ । नेपालमा खपत पर्याप्त भएर पनि जेठ, असार र  साउन महिनामा मात्रै रु ५० करोड बराबरको प्लाइ विदेश निर्यात गरेको उनको भनाइ छ । 

विशेषगरी नेपालमा उत्पादित प्लाइ भारतको महाराष्ट्र, कर्नाटक, राजस्थान, जयपुर, बैङ्लोर, उत्तर प्रदेशमा धेरै खपत हुने गरेको नेपाल भेनियर उत्पादक सङ्घ झापाले जनाएको छ । प्लाइ काठबाट तयार पारिन्छ । यसलाई विशेषगरी फर्निचर, कोठाको पार्टेसन, सजावटका सामग्री र झ्यालढोका बनाउनसमेत प्रयोग गरिँदै आएको छ । 

हाल काठमा आधारित वस्तुको माग विदेशमा पनि बढिरहेका बेला प्लाइउडले विदेशी मुद्रा आर्जनमा सहयोगी भूमिका निर्वाह गरेकाले प्लाइउडमा आधारित उद्योगलाई राज्यले सहगोग पुर्‍याउनुपर्ने नेपाल भेनियर उत्पादक सङ्घ झापाका अध्यक्ष दीपक पाण्डेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ