arrow

भोलि मध्यरातबाट प्रतिनिधि सभा अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३१ शुक्रबार
pm-office-singha-durbar-ktm-2078.jpg

काठमाडौं । सरकारले असोज १ गते शनिबार मध्यरातदेखि प्रतिनिधि सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार मध्यरात १२ बजेदेखि संसद्को बर्खे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिनिधि सभाको बैठक शनिबार दिउँसो १ बजेका लागि बोलाइएको छ । शुक्रबारको बैठकमा धेरै सांसदले आफ्नो बिदाइ मन्तव्य राखेका थिए । निर्वाचन आयोगले १ असोजको मध्यरातदेखि सांसदको कार्यकाल सकिने निर्णय गरेको छ । 

शुक्रबार आयोगले विज्ञप्ति जारी गर्दै २ असोजमा समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका रहेकाले शनिबार नै सांसदको कार्यकाल सकिने निर्णय गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ