arrow

द कञ्चनजंघा जेभीको दादागिरीः बुटवलमा साढे तीन किलोमिटर सडक अलपत्र

logo
नारायण वली,
प्रकाशित २०७९ असोज १ शनिबार
kkf.jpg

रुपन्देही । ६ वर्षमा ३० प्रतिशत काम सम्पन्न गरेको “द कञ्चनजंघा जेवी विरुवा” निर्माण कम्पनीले साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७३ साल चैत १७ गते ठेक्का सम्झौता गरेको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–बेलहिया सडकको काम अझै अलपत्र बनेको छ । निर्माण कम्पनीले समयमा काम सम्पन्न नगर्दा सडक थप जीर्ण एव‌ जोखिम बन्दै गएको छ ।

दोस्रो पटकसम्म पनि  म्याद थप गरेर विभिन्न बहाना बनाएर बसेको निर्माण कम्पनीको म्याद गत असार ३० गते ठेक्का अवधि सकिएको र तेस्रो पटक म्याद थप्न निकै मेहनत गरेको ठेकेदारलाई संशोधन गरी आएको नियमले सजिलो बनाउने भए पनि बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले चित्त बुझ्दाे जवाफ नआएमा तेस्रो पटकको म्याद थप गर्न नसकिने जवाफ दिएपछि न ठेकेदार पक्षले काम गर्न सक्यो न ठेक्का सम्झौता नै अवधि थपियो ।

फेल भैसकेको निर्माण कम्पनीका प्रतिनिधि ठेकेदार मोबाइल स्विच अफ गरेर बस्दै आएका छन् । ०७९ साउन २३ गते बुटवल उपमहानगरपालिकामा भएको सर्वपक्षीय भेलामा निर्माण कम्पनी द कञ्चनजङ्घा बिरुवा जेभी कन्स्ट्रक्सन प्रालिका प्रतिनिधिले ठेक्का अवधि थप गर्ने देखाउनका निम्ति एक महिना समय माग गरेको र काम गर्न अझै तयार रहेको समाचार केही सञ्चारमाध्यममा पछिल्लो समय देखिन थालेका छन् ।

यता सडक विस्तारको काम पूरा नहुँदै बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाको कार्यालय खारेज भएको जनाइएको छ । बुटवलदेखि बेलहियासम्म ६ लेन सडक विस्तार गर्ने गरी १० वर्षअघि आयोजनाको कार्यालय स्थापना गरिएको थियो । तर आयोजनाले अहिलेसम्म बुटवलको राजमार्ग चौराहादेखि बेलहियासम्म २४ किलोमिटर सडक निर्माण सम्पन्न गरेको छ भने चौराहादेखि गोलपार्क सम्मको साढे ३ किलोमिटर सडक ठेकेदार पक्षले करिब २ वर्षदेखि अलपत्र पार्दै आएको छ ।

सोही निर्माण कम्पनीले बेलहियास्थित सडक पनि ७ सय मिटर अलपत्र पारेको छ । सडक निर्माण नसकिँदै आयोजनाको कार्यालय खारेज भएपछि निर्माणको काम अझै अलपत्र पर्ने अवस्था देखिएको छ । आयोजनाको काम डिभिजन सडक कार्यालय बुटवलको जिम्मेवारीमा हुने गरी कार्यालय खारेज भएको उक्त आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले जनाएकी छिन् । उनले भनिन्, खारेज भए पनि पत्र आइपुगेको छैन ।

चौतर्फी दबाबका बीच केही दिन अगाडि काम गरेको जस्तो देखाएको बुटवलको अस्पताल लाइन क्षेत्रमा एकतर्फी सडक बनाएर अहिले ठेकेदार सम्पर्कविहीन भएपछि सडक प्रयोगकर्ताहरुले सास्ती खेप्दै आएका छन् ।

सबैभन्दा बढी सवारी साधनको चाप हुने लुम्बिनी बस टर्मिनलदेखि ट्राफिक चोक सम्मको करिब ५ सय मिटर सडक एकतर्फी वनाउँदा वनाउँदै गर्दा ठेकेदारले काम छोडपछि थप उक्त क्षेत्र कुरुप वन्दै गएको छ ।

ठेकेदारले सडक पिच गर्ने भन्दै बुटवलको नयाँ बसपार्कदेखि ट्राफिक चोक पश्चिमतर्फको सडक झण्डै एक महिनादेखि बन्द गरेर छोडेको छ । जसले गर्दा पूर्वतर्फ मात्रै दुईतर्फी सवारीहरु सञ्चालन हुँदा सडकमा घण्टौंसम्म सवारी साधन जाममा पर्ने गरेकाले निजि तथा सरकारी कार्यालय, स्कुल तथा सर्वसाधारणलाई समेत समस्या हुँदै आएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ