arrow

कोरोनाबाट एक जनाको मृत्यु, २० आईसीयूमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३१ शुक्रबार
corona-omicron-nepal.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक जनाको मृत्यु भएसँगै अहिलेसम्म सरकारी तथ्यांकमा ज्यान गुमाउनेको संख्या १२ हजार १६ पुगेको छ । 

शुक्रबार थप ११० संक्रमित थपिएका छन् । १२६ डिस्चार्ज भएका छन् । हाल पीसीआरका सक्रिय संक्रमितको संख्या २ हजार ६२ रहेको छ । 

सबैभन्दा बढी काठमाडौंमा ७९३ जना रहेका छन् । ललितपुरमा ३३७ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै भक्तपुरमा ३१ जना रहेका छन् । 

हाल ६३ जना संस्थागत आइसोलेसनमा र २० जनाको आईसीयूमा उपचार भइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ