arrow

आमनिर्वाचनमा एक करोड ८० लाख मतदाता, कहाँ कति ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३१ शुक्रबार
pratinidhi-sabha-nirwachan-2079.jpg

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कुल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको छ । निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गर्दै कुल मतदाता संख्या सार्वजनिक गरेको हो । 

आयोगका अनुसार कुल मतदातामा ८८ लाख ४७ हजार ५७९ जना महिला, ९१ लाख ४० हजार ८०६ जना पुरुष र १८५ जना अन्य रहेका छन् । २०७९ साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी आगामी मंसिर ३ गतेसम्ममा १८ वर्ष उमेर पूरा हुनेहरुको नाम अन्तिम नामावलीमा समावेश गरिएको आयोजले जनाएको छ । 

यसैगरी मतदाता संख्या समेतका आधारमा आयोगले १० हजार ८९१ मतदान स्थल अन्तर्गत २२ हजार २२६ मतदान केन्द्रहरु रहेन गरी मतदान केन्द्र स्वीकृत गरेको छ । 

सबैभन्दा बढी मतदाता मोरङ, झापा र काठमाडौंमा रहेका छन् । आयोगका अनुसार मोरङमा ७ लाख ३५ हजार ५२५, झापामा ६ लाख ६३ हजार ३११ र काठमाडौंमा ६ लाख ५२ हजार १२६ जना रहेका छन् । 

यस्तै, आउँदो निर्वाचनमा सबैभन्दा कम मतदाता रहेका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् । मनाङमा ६ हजार ७७९, मुस्ताङमा १० हजार ९५७ र डोल्पामा २२ हजार ७७४ जना मतदाता रहेका छन् । 

प्रदेशका हिसाबले सबैभन्दा बढी मतदाता बागमती, प्रदेश १ र मधेश प्रदेशमा रहेका छन् । 

आयोगका अनुसार बागमती प्रदेशमा ३४ लाख ७१ हजार ४९२, प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ र मधेश प्रदेशमा ३३ लाख ८६ हजार ६२८ जना मतदाता रहेका छन् । 

यस्तै सबैभन्दा कम मतदाता रहेका प्रदेशमा कर्णाली, सुदूरपश्चिम र गण्डकी रहेका छन् । कर्णाली प्रदेशमा १० लाख ८ हजार ४०३, सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ र गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५४१ जना मतदाता रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ