arrow

महान् चाडको महिनामा यस्तो हुनेछ समग्रमा राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १ शनिबार
monthly-horoscope.jpg

मासिक फल : असोज महिनामा सूर्य कन्या राशिमा प्रवेश गर्नुका साथै ५ शनि, आइत र सोमबार तथा सूर्यसंक्रान्ति पनि शनिबार परेको छ । आश्विनकृष्ण÷शुक्ल र कार्तिककृष्णपक्ष असोज महिनामा पर्दछ । शनिबासरीय संक्रान्तिले धान्यादि खाद्य वस्तुमा ह्रास आउनेछ । ५ शनिबारले महंगी अनियन्त्रित हुनेछ । ५ आइतबारले रोगव्याधिको प्रकोप बढ्ने, ५ सोमबारले खाद्यवस्तुको भाउ नियन्त्रणमा आउनेछ । यस महिनामा सामाजिक कुरीतिहरुमा उच्च मनोभावना जाग्दा पापीय मनोवृत्तिमा ह्रास आउने, जोश जाँगर बढ््ने, शिक्षामा उच्च सफलता, कृषि तथा पशुपालनबाट मनग्य आम्दानी हुँदा मनमा शान्ति छाउनेछ । जग्गा, जमीनको कारोबारले सम्पन्नशाली बनाउने, धार्मिक गतिविधि बढ्नाले समाज सुशोभित हुने, शत्रुहरु परास्त हुने, स्वास्थ्य विज्ञानको प्रगतिले रोगव्याधिको प्रकोप नियन्त्रणमा आउन सक्ने यस महिनामा देखिन्छ । राजनीतिक अवस्था समयानुकुल बन्दै गएको अनुभूति हुने, निजामति कर्मचारीले जनहितका काममा ध्यान दिंदा जनतामा खुशीयाली छाउने, अन्याय, अत्याचार जस्ता पापीय मनोवृत्तिमा कमि आउने, दैवीय विपत्ति र सवारी दुर्घटनामा कमि आउने देखिन्छ । यस महिनामा मूल्यवान रत्न धातु, विभिन्न किसिमका सवारी साधन, रसवस्तु, मुख्य खाद्यान्नहरु, बहुमूल्य धातु, मसलाजन्य पदार्थ महंगिने देखिन्छ भने लत्ताकपडाहरुको मूल्यमा गिरावट आउने देखिन्छ । महिनाको पूर्वाद्र्धमा छिटपुट वर्षा हुने, अन्तिमतिर मौसम सफा रहने र अन्य दिनमा मेघबादल दर्शनसहित सामान्य वर्षाको सम्भावना देखिन्छ । आश्विन कृष्ण (पितृ) पक्ष १ गते अष्टमी ब्रत, आश्विन संक्रान्ति, विश्वकर्मा पूजा । २ गते अष्टमीश्राद्ध ३ गते नवमी श्राद्ध ४ गते दशमीश्राद्ध ५ गते एकादशीश्राद्ध ६ गते द्धादशीश्राद्ध ७ गते त्रयोदशीब्रत ८ गते चतुर्दशीश्राद्ध ९ गते पितृविर्सजन, औसीश्राद्ध, स्रोहश्राद्ध समाप्ति आश्विन शुक्ल (दुर्गा) पक्ष १० गते प्रतिपदा घटस्थापना, नवरात्रारम्भ । १६ गते फूलपाती १७ गते महाष्टमीब्रत १८ गते महानवमी १९ गते विजयादशमी, दशैंको टिका २३ गते कोजाग्रतव्रत पूर्णिमा ।

मासिक राशिफल :
मेष : महिना सूर्यको गोचर तपाईंको राशिबाट छैठौं भावमा हुनेछ । यो महिना तपाईंको लागि फाइदाजनक रहन सक्छ । यो समयमा तपाईंले अचल सम्पत्तिको खरिद गर्ने योजना बनाउन सक्ने सम्भावना देखिन्छ । त्यस्तै जग्गाजमिन वा पैतृक सम्पत्तिसम्बन्धी कुनै झमेला वा विवाद छ भने समस्या समाधान हुनसक्छ । नोकरी र व्यावसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । पछाडि कुरा काट्नेहरू आफैं चुप लाग्नेछन । कुनै विशेष कार्य योजना बनाउँदै हुनुहुन्छ भने गोपनीयतामा जोड दिनुहोला । सरकार, प्रशासन वा अड्डा अदालतका काममा सफलता मिल्नेछ । तर छैटौं भाव झगडा र रोगको घर भएकाले समय अनुकूल नै भए पनि व्यक्तिगत स्वास्थ्य र आहारविहारमा सचेतता अपनाउनु जायज हुनेछ । रिस र आवेगमाथि भने कन्ट्रोल गर्नु आवश्यक छ । जीवनसाथीको स्वास्थ्यस्थितिप्रति समेत सचेत हुनु आवश्यक छ । यस्तै, विरोधीपक्षहरु परास्त हुनेछन् । मनमा उमङ्गता बढ्ने, राज्यपक्षबाट लाभ, अध्ययनमा सफलता, पैतृक सम्पत्ति लाभ, मित्र जनबाट लाभ, मनमा उमङ्गता पैदा हुनेछ, आर्थिक लाभ, ठेकेदारी काम लाभ, राजनीतिक तथा सामाजिक कार्यमा लाभ हुनेछ । बोल्दा सावधानी अपनाउनु पर्नेछ । सुरक्षा निकायमा काम गर्नेलाई अपजस आउनु सक्नेछ, कुलकुटुम्बबाट साथ सहयोग हुनेछैन, मेशिनरी काम सावधानी, होटल सम्बन्धी कार्य गर्नेलाई अलि नोक्सान रहनेछ । साझेदारी कार्यबाट नोक्सान रहेको छ । रोग, धन नोक्सान हुनेछ । पत्रकारिता कार्य गर्नेलाई सावधानी, दुर्घटनाको योग रहेको छ । दाजुभाइ बीचमा सम्बन्धमा चिसो पन आउनेछ, शुरुवाती समयमा राम्रो रहेको छ । कला, संस्कृति, सङ्गीत, खेल नित्य सम्बन्ध कार्य गर्नेलाई महिनाको मध्यसम्म राम्रो त्यसपछि खराब रहेको छ । शुभ ६, शुभ रङ्ग हरियो, शुभ दिशा दक्षिण ।

वृष : यो महिना सूर्यको गोचर तपाईंको राशिबाट पञ्चम भावमा हुनेछ । यो महिना तपाईंको कार्यक्षेत्र र व्यापारमा उन्नति हुन सक्छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्वाकांक्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । यो नयाँ व्यवसाय शुरू गर्न चाहनेहरूका लागि पनि अनुकूल समय छ । सरकारी काम वा सरकारसम्बद्ध क्रियाकलापमा संलग्न व्यक्तिले राम्रो कमाइ गर्ने समय आएको छ । यस अवधिमा विद्यार्थीहरूका लागि केही समस्या उत्पन्न हुने समय छ, पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय व्यवस्थापन गर्न आवश्यक छ । अन्यथा पछाडि परिनेछ । पेशा वा व्यवसायमा फेरबदल गर्ने चाहना हुनेले यो महिना गरेको प्रयास लाभदायी हुनेछ । स्वास्थ्य पनि उचित ध्यान दिनु आवश्यक छ । गृहस्थीहरूका लागि छोराछोरीको चिन्ताले सताउने समय छ । बालबच्चाको खानपिन र स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ । प्रेम प्रसंगका लागि यो त्यत्ति राम्रो महिना देखिंदैन । प्रेम जीवनमा उतारचढाव आउनेछ। आफ्नो सम्बन्ध प्रति जिम्मेवार बन्नु आवश्यक छ । यस्तै, घर जग्गा सम्बन्धी सुख रहेको छ । सञ्चित धन वृद्धि, लेखन कार्यमा लाभ रहेको छ । फलाम र सिशा सम्बन्धी कार्य गर्नेलाई महिनाको मध्यसम्म शुभ रहेको छ । कुलकुटुम्बबाट लाभ हुनेछ सुरुवाती समयमा । आर्थिक पक्ष्यमा सुधार हुनेछ । सन्तानबाट सुख रहने छ । विद्यार्थी वर्गमा लाभ रहनेछ । आभूषण, वस्त्र, शृङ्गारिक सम्बन्धी कार्य, खेलक्षेत्रमा लाभ रहेको छ । प्रेममा शुभ रहेको छ । विद्यार्थी वर्गमा लाभ रहेको छ । मनोरञ्जन सम्बन्धी कार्यमा खर्च बढ्ने छ । शरीरमा पीडा, शीर पीडा, मनमा विविध नकारात्मक कुरा उत्पन्न हुनेछ । धार्मिक क्षेत्रमा लाग्दा शुभ रहनेछ । मेसीनरी, होटल, आगो सम्बन्धी कार्य गर्नेलाई नोक्सान रहेको छ । साझेदारी कार्यबाट लाभ रहेको छ । निर्माण सम्बन्धी कार्य गर्नेलाई लाभ रहनेछ । शत्रु वृद्धिको योग रहेको छ । गणेश भगवानको आराधना गर्दा हरेक कार्यमा लाभ रहनेछ । अध्ययनमा विद्यार्थी वर्गमा लाभ रहेको छ । सरकारी क्षेत्रमा रहेकालाई नोक्सान रहेको छ । आय भन्दा ब्यय बढी रहेको छ । आय आर्जनमा अलि कमी रहनेछ । शुभ अङ्क ५, शुभ दिशा पूर्व, शुभ रङ्ग रातो रहेको छ ।

मिथुन : यो महिना सूर्यको गोचर तपाईंको राशिबाट चौथो भावमा हुनेछ । आर्थिक पक्ष मजबूत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । यो समयावधि व्यावसायिक गतिविधिमा संलग्न व्यक्तिले पर्याप्त लाभ पाउने महिना हुनेछ । आयआर्जनका नयाँनयाँ अवसरहरू मिल्नेछन । भौतिक सामाग्री, भोगविलास र सुखसुविधामा वृद्धि हुने समय हो, कमाएको धन सञ्चित गर्न कठिन हुनेछ । सरकारी क्षेत्रमा कार्यरत व्यक्तिका लागि कार्यक्षमता र दक्षतामा बृद्धि हुनेछ । सहकर्मीहरूको समर्थन प्राप्त हुनेछ । सूर्यले प्रदान गर्ने सकारात्मक फल यी भए पनि चतुर्थ भावमा प्रभावले मानसिक चिन्ता बढ्न सक्नेछ । मातापिताको स्वास्थ्यस्थिति कमजोर हुन सक्छ । खासगरी पिता वा कार्यक्षेत्रमा उच्च अधिकारीसँग मनमुटाव हुन सक्छ । पेटसम्बन्धी समस्या स्वास्थ्यमा आउन सक्छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि सामान्य रहने छ । यस्तै, यात्राको अवसर प्राप्त हुनेछ । कला, सङ्गीत, नीत्य, खेल, आभूषण सम्बन्धी कार्य गर्नेलाई शुभ रहेको छ । राजनीतिक क्षेत्रमा रहेका हरूलाई शुभ रहेको छ । प्रेममा लाभ रहेको छ । विदेश यात्राको अवसर प्राप्त हुनेछ । विरोधी पक्षबाट नोक्सान बेहोर्नु पर्ने छ । दाजुभाइ बिचमा सम्बन्धमा सुधार रहनेछ । पत्रकारिता क्षेत्रमा रहेकालाई शुभ रहेको छ । महिनाको मध्यसम्म फलाम, सिशा सम्बन्धी कार्य गर्नेलाई लाभ रहेको छ । विदेश सम्बन्धी कार्य गर्नेलाई नोक्सान बेहोर्न पर्नेछ । खर्च बढ्ने देखिन्छ । सुरक्षा क्षेत्रमा काम गर्नेलाई खर्च बढ्ने देखिन्छ । मेकानिकल काम गर्नेले सावधानी अपनाउनु पर्नेछ । मंगल ग्रह अलि खराब भएको हुनाले मंगलबार गणेश भगवानको आराधना गर्नु आवश्यक छ । सुनचाँदी सम्बन्धी कार्य गर्नेलाई खर्च बढ्ने देखिन्छ । सूर्य ग्रह अलि खराब भएको कारण सूर्यग्रहको आराधना गर्नु आवश्यक रहेको छ । शुभ अकं ४, शुभ रङ्ग सेतो, शुभ दिशा उत्तर रहेको छ ।

कर्कट : यो महिना सूर्यको गोचर तपाईंको राशिबाट तृतीय भावमा हुनेछ । यस गोचरको प्रभावले तपाईंमा आत्मबल तथा हिम्मत बढ्नेछ । पराक्रम र प्रशिद्धिमा वृद्धि हुनेछ । यात्राहरु फलदायी रहन सक्छन् । पारिवारिक जीवन सुखद रहनेछ । सामाजिक र परोपकारी काममा सहयोेग लिन र दिन सकिनेछ । व्यक्तिगत सम्बन्धहरूमा सुधार हुनेछ, आत्मिक आनन्द र सुखको अनुभूति गर्न पाउनु हुनेछ । कार्यक्षेत्रमा उन्नतिप्रगतिको अवसर मिल्नेछ । धार्मिक क्रियाकलापमा रूचि बढ्ने छ । दान र सहयोग गर्न केही रकम खर्च गर्नुपर्ने हुन्छ । पारिवारिक तथा प्रेम जीवन सामान्य रहन सक्छ । तर भाइबहिनीसँग मनमुटाव हुनसक्ने समय हो, त्यसैले पारिवारिक विवाद र कलहमा सामन्जस्यको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । लक्ष्यप्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ, बहुप्रतीक्षित इच्छा, आकांक्षा र उद्देश्य सफल हुन सक्छन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । यस्तै, राज्यपक्षबाट लाभ रहेको छ । सरकारी जागिर रहनेलाई लाभ रहेको छ । प्रशासनिक कार्य गर्नेलाई लाभ रहेको छ । तेल, ग्यास सम्बन्धी कार्यलाई लाभ रहेको छ । राजनीतिक क्षेत्रमा शुभ रहेको छ । धार्मिक कार्यमा लाभ रुचि बढ्नेछ । ठेकेदारी काम गर्नेलाई लाभ रहेको छ । सुनचाँदी काम गर्नेलाई लाभ रहेका छ । मित्रजनको साथ सहयोग प्राप्त हुने देखिन्छ । पैतृक सम्पत्तिबाट लाभ रहेको छ । विद्यार्थी वर्गका लागि शुभ रहेको छ । प्रेममा सफलता रहने देखिन्छ । बोलीमा प्रभावकारिता बढ्ने देखिन्छ । मेसिनरी कार्य गर्नेलाई लाभ रहेको छ । होटल सम्बन्धी कार्य गर्नेलाई लाभ रहेको छ । होटल सम्बन्धी कार्य गर्नेलाई लाभ रहेको छ । सन्तान सुख रहेका छ । खर्च बढ्ने देखिन्छ । मित्रजनबाट साथ सहयोग प्राप्त हुनेछ । विरोधी पक्षबाट नोक्सान बेहोर्नु पर्ने देखिन्छ । भोग विलास, पत्रकारिता, पुस्तकसम्बन्धी कार्य गर्ने, फलाम, सिसासम्बन्धी कार्य गर्नेलाई लाभ रहेको छ । सुख प्राप्त हुने देखिन्छ । यात्रा सम्बन्धी कार्यबाट लाभ रहने छ । श्रृंगारिक सम्बन्धी, कला, सङ्गीत, खेलकुद सम्बन्धी कार्यबाट लाभ रहेको छ । प्रेममा लाभ रहेको छ । भूमि, फलाम, सिसा सम्बन्धी कार्य गर्नेलाई लाभ रहेको छ । स्वास्थ्यमा सुधार रहने छ । शुभ अङ्क ३, शुभ दिशा पश्चिम, शुभ रङ्ग हरियो रहेको छ ।

सिंह : यो महिना सूर्यको गोचर तपाईंको राशिबाट दोश्रो भावमा हुनेछ । कार्यक्षेत्रमा सफलता प्राप्त हुन सक्छ भने सामाजिक क्षेत्रमा ईज्जत तथा प्रतिष्ठा बढ्नेछ । धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले यस अवधिमा लाभ लिन धेरै संघर्ष गर्नु आवश्यक देखिन्छ । दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ । सरकारी काम वा उच्च अधिकारीहरूसँगको भेटघाटले केही मुनाफा कमाउने अवसर प्राप्त हुनेछ । सूर्यको यस गोचरको प्रभावले विद्यार्थीहरुले राम्रो नतिजा प्राप्त गर्नेछन । यो महिना प्रेम जीवन र दाम्पत्य सम्बन्धमा उतारचढावका सम्भावना देखिन्छन् । व्यापार र पेसागत जीवनमा पनि शुभफल र सन्तोषजनक परिणाम प्राप्त हुनेछ । यो महिना तपाईको बोलीमा कडापन देखिने छ, त्यसैले यो कुरामा ध्यान दिनु आवश्यक छ । यसै अवधिमा आवेग, क्रोध र अहंकार पनि बढ्ने खतरा छ, शारीरिक तनाव र बोझ बढ्नाले मन विचलित हुनसक्छ सचेत रहनु उत्तम हुनेछ । यस्तै, आर्थिक क्षेत्रमा मजबुत रहनेछ । कार्यमा सफलता हुनेछ । महिनाको मध्यपछि आर्थिकपक्षमा लाभ रहनेछ । दिदी बहिनीबाट लाभ रहने छ । महिनाको मध्यपछि मात्र शुभ फल प्राप्त रहनेछ । शारीरिक दुर्बलता देखापर्नेछ । पत्रकारिता, कला, सङ्गीत, खेल, फलाम, सिसा, मेसिनरीसम्बन्धी कार्य गर्नेलाई महिनाको मध्यपछि शुभ रहनेछ । विवादमा पर्ने अवस्था आउन सक्नेछ । विरोधीपक्ष परास्त हुनेछन् । पर्यटन क्षेत्रमा कार्य गर्नेलाई लाभ हुनेछ । कला सङ्गीत क्षेत्रमा रहनेहरूलाई लाभ रहनेछ । वस्त्र सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । धार्मिक कार्यमा सरिक हुनेछ । रोग शोकले सताउने अवस्था आउन सक्नेछ । मेसिनरी सामानबाट चोटपटक लाग्न सक्नेछ । आगोबाट सावधानी अपनाउनु पर्नेछ । भूमि सम्बन्धी कार्य गर्नेलाई नोक्सान बेहोर्न पर्नेछ । सरकारी क्षेत्रमा रहनेहरूले सावधानी अपनाउनु पर्नेछ । वैवाहिक जीवनमा अलि सावधानी अपनाउनु पर्नेछ । शुभ अङ्क २, शुभ रङ्ग सेतो, शुभ दिशा दक्षिण रहेको छ ।

कन्या : यो महिना सूर्यको गोचर तपाईंको राशिमा अर्थात् लग्नमा हुनेछ । यो महिना तपाईंले पेशा, व्यवसाय, रोजगारी आदिमा राम्रा र शुभ अवसरहरू प्राप्त गर्न सक्नुहुन्छ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्वपूर्ण जिम्मेवारी प्राप्त हुनसक्छ । सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । तपाईं सरकारी ओहोदामा वा राजनीतिमा सक्रिय हुनुहुन्छ भने सूर्यको प्रभावले तपाईंलाई फाइदा हुनेछ । यस समयमा तपाईं मानसिक रूपले सबल, उत्साही, साहसी बन्नुहुनेछ । तपाईं भित्र मानसिक, शारीरिक, सामाजिक र वौद्धिक हैसियतमा वृद्धि हुनेछ । पदोन्नति वा स्तरवृद्धिको अवसर प्राप्त हुनेछ । घरपरिवारको साथ सहयोग प्राप्त हुनेछ । आर्थिक पक्ष पनि मजबूत नै रहने छ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । लक्ष्य प्राप्त गर्न प्रयास गर्दा सफलता मिल्नेछ । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ, जसले तपाईंमा अहंकारको भावना पनि विकसित हुन सक्छ । स्वास्थ्यमा सामान्य उतार–चढाव आउन सक्छ । यस्तै, आयआर्जनमा वृद्धि हुनेछ । विदेश सम्बन्धी कार्यबाट लाभ हुनेछ । शारीरिक समस्यामा सुधार आउनेछ । विरोधीपक्ष परास्त हुनेछन् । धर्म कर्ममा ध्यान जानेछ । वस्त्र सम्बन्धी कार्य गर्नेलाई लाभ रहेको छ । कला, सङ्गीत, नित्य, राजनीतिक, खेल क्षेत्रमा शुभ रहेको छ । प्रेममा सफलता हुनेछ । बिलाशिता सामाग्रीमा खर्च बढ्ने छ । पर्यटन सम्बन्धी कार्य गर्नेलाई लाभ रहने छ । अलि मनमा डर त्रास बढ्ने देखिन्छ । प्रेस, पत्रकारिता क्षेत्र, फलाम, सिसा सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । अरूको सरसल्लाह अनुसार अघि बढ्ने पर्ने देखिन्छ । शुरुवाती समयमा महिनाको खर्च बढ्ने छ । कार्यमा कुशलता प्रदर्शन हुनेछ । रोगबाट सताइने देखिन्छ परिवार जनमा । होटलसम्बन्धी कार्य गर्नेलाई सामान्य रहेको छ । मेसिनरी, सिसासम्बन्धी कार्य गर्नेले सावधानी अपनाउनु पर्ने देखिन्छ । दाम्पत्य जीवनमा सुखमय रहनेछ । वैदेशिक कार्यमा अलि समस्या आउने र झन्झट देखा पर्नेछ । स्थान परिवर्तन हुन सक्नेछ । अध्ययनमा अवरोध रहेको छ । प्रेममा अलि सावधानी अपनाउनु पर्ने देखिन्छ । विरोधीपक्षले सताउने देखिन्छ । विदेश सम्बन्धी कार्यबाट लाभ सामान्य रहनेछ । शुभ अङ्क १, शुभ रङ्ग रातो, शुभ दिशा पूर्व रहेको छ ।

तुला : यो महिना सूर्यको गोचर तपाईंको राशिबाट बाह्रौं भावमा हुनेछ । यो महिना विदेश जान चाहनेहरुको काम पुरा हुन सक्छ भने विदेशमा रहने व्यक्तिहरुले केहि सफलता वा प्रगति गर्ने सामान्य सम्भावना रहन्छ । यो महिना वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सामान्य समय छ । छात्रछात्राले शैक्षिक उद्देश्यले वैदेशिक यात्राका निमित्त प्रयास गर्ने समय हो । छैटौं भावमा सूर्यको पूर्णदृष्टि हुने भएकाले यस अवधिमा मुद्दामामिला वा झैझगडा जस्ता क्षेत्रमा विजय प्राप्त हुनसक्छ भने शत्रुहरूमाथि प्रभुत्व जमाउन सक्ने सम्भावना छ । अनावश्यक खर्चमा नियन्त्रण गर्नुपर्छ । यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु राम्रो हुन्छ । टाउको दुख्ने वा ज्वरोजस्ता समस्याले दुःख दिनसक्छ । पारिवारिक तथा प्रेम जीवनमा पनि केहि असमझदारी तथा झगडाहरुको सम्भावना रहेकाले मिलेर समझदारीमा रहनुपर्छ । यस्तै, यस महिनामा आर्थिक लाभ, कार्यमा सफलता हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । कार्यमा मिहिनेत गर्दा आर्थिक लाभ हुनेछ । श्रृङ्गारिक, पर्यटन, कला, नित्य, मोडलिङ्ग सम्बन्धी कार्यमा शुभ रहेको छ । विद्यार्थी वर्गमा अध्ययनमा सफलता हुनेछ । आर्थिकपक्षमा महिनाको शुरुमा शुभ, त्यसपछि नोक्सान बेहोर्नु पर्नेछ । पत्रकारिता क्षेत्रमा, लेखन कार्यमा अवरोध, खिन्नता पन आउन सक्नेछ । धार्मिक कार्यमा मन लाग्नेछ । अलि डर उत्पन्नका साथै खराब कार्यमा मन लाग्न सक्नेछ । होटलसम्बन्धी कार्य गर्नेलाई विवाद उत्पन्न हुनेछ । सेना, पुलिस क्षेत्रमा रहनेलाई नोक्सान हुनेछ । घरगृहस्थीमा खर्च बढ्ने छ । वैदेशिक क्षेत्रमा कडा मिहिनेत गर्नुपर्नेछ । सरकारी क्षेत्रमा सामान्य लाभ हुनेछ । राजनीतिक क्षेत्रमा सचेत रहनुपर्नेछ । शुभ अङ्क ३, शुभ रङ्ग सेता, शुभ दिशा पश्चिम रहेको छ ।

वृश्चिक : यो महिना सूर्यको गोचर तपाईंको राशिबाट एघारौँ भावमा हुनेछ । तपाईंका लागि यो समय राम्रो रहन सक्छ । यो समयमा तपाईंको आम्दानी बढ्न सक्छ । कार्यालयमा उच्च तहका कर्मचारीले सहयोग र समर्थन गर्नेछन् । तपाईंले नयाँ रोजगारी पाउने वा नयाँ व्यवसाय प्रारम्भ गर्ने परिस्थितिसमेत बन्नसक्छ । हरेक प्रयासमा कुनै न कुनै लाभ मिल्ने हुँदा मन प्रशन्न रहने छ । गरेका प्रयासमा चौतर्फी उन्नति हुने भएकाले समाजमा तपाईंको इज्जत र प्रतिष्ठामा अझ वृद्धि हुनेछ । परीक्षा, प्रतियोगिता को तैयारी गरिरहेका जातकका लागि यो महत्वपूर्ण समय हो । यस पटकको मिहिनेतले नयाँ जागीर तपाईंको हातमा आउने छ । स्वयं आफैंले वा जीवन साथीले बढुवा र प्रशंसा पाउने योग छ । यस समयमा गरिएका कारोबारहरू सफल हुनेछन् । पारिवारिक जीवन पनि राम्रो रहन सक्छ र परिवारको साथसहयोग मिल्न सक्छ । आय आर्जनका मार्गमा सुधार आउने छ । यस्तै, आश्विन महिनामा आर्थिक लाभ हुनेछ, आय आर्जनका श्रोतहरू फेला पर्नेछन् । नयाँनयाँ व्यक्तिहरूसँग सम्बन्ध रहने छ । सरकारी कार्यबाट लाभ रहनेछ । बिद्युत् सम्बन्धी, तेल, ग्यास सम्बन्धी कार्यबाट लाभ रहनेको छ । मित्रजनबाट लाभ रहेको छ । राजनीतिक क्षेत्रमा लाभ रहेको छ । पैतृक सम्पत्तिबाट लाभ रहेको छ । ठेकेदारी सम्बन्धी कार्यबाट लाभ रहेको छ । धातु सम्बन्धी कार्यबाट लाभ हुनेछ । खानपिनमा अलि सावधानी अपनाउनु पर्ने देखिन्छ । विद्यार्थी वर्गमा अध्ययनमा सफलता रहेको छ । प्रेममा सफलता रहने छ । दाम्पत्य जीवनमा चिसोपन आउन सक्नेछ । खर्च बढ्ने देखिन्छ । सुरक्षा क्षेत्रमा रहनेलाई सावधानी अपनाउनु पर्ने देखिन्छ । मेशिनरीसम्बन्धी कार्य गर्नेलाई सावधानी अपनाउनु पर्ने देखिन्छ । पेटसम्बन्धी विकार बढ्ने देखिन्छ । रक्तसम्बन्धी समस्यामा वृद्धि हुनेछ । गणेश भगवानको आराधना गर्नु पर्ने देखिन्छ । पत्रकारिता, मोबाईल विक्रेता, लेखन कार्यमा शुभ रहेको छ । बोल्दा सावधानी अपनाउनु पर्ने देखिन्छ । कला क्षेत्रबाट लाभ रहेको छ । धार्मिक क्षेत्रमा लाभ रहेको छ । पूण्य कर्ममा मन लाग्ने देखिन्छ । आभूषण, पर्यटन, वस्त्र खेलसम्बन्धी कार्य गर्नेलाई लाभ रहेको छ । शुभ अङ्क २, शुभ दिशा दक्षिण, शुभ रङ्ग सेतो रहेको छ ।

धनु : यो महिना सूर्यको गोचर तपाईंको राशिबाट दशम भावमा हुनेछ । यो समय तपाईंका लागि राम्रो रहन सक्छ । व्यवसायीहरूले आफ्नो व्यापारिक क्षेत्रमा उन्नति गर्ने समय छ । यस अवधिमा तपाईंको मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । भविष्यलाई दृष्टिमा राखी तपाईंले कतिपय विषयमा महत्वपूर्ण र साहसी निर्णय लिने महिना पनि हो । व्यापारीहरूले राम्रो मुनाफा कमाउने समय हो । कमाएको धन सञ्चित हुन सक्छ । रोकिएका कामहरु पनि यो समयमा पूरा हुन सक्छन् । विद्यार्थीले चाहेको उपलब्धी हासिल गर्न सक्ने समय हो । यो महिना अत्यन्त क्रियाशील र व्यस्त रहने महिना रहनेछ । मातापिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । यस अवधिमा गरिएको कडा मिहिनेत र परिश्रमको राम्रो परिणाम पाउन सक्नु हुनेछ । यस्तै, यस महिनामा कार्यमा सिद्धि प्राप्तसमेत हुनेछ । शारीरिक अल्छिपन देखा पर्नेछ । प्राइभेट सम्बन्ध कार्यबाट लाभ रहेको छ । पैतृक सम्पत्तिबाट लाभ रहेको छ । ठेकेदारी, धातुजन्य कार्यबाट लाभ रहेको छ । तेल, ग्यास, फलाम, सिसा सम्बन्धी कार्य गर्नेलाई लाभ रहेको छ । यात्राको अवसर प्राप्त हुनेछ । मनमा प्रसन्नसता उत्पन्न हुनेछन् । दीनदुःखीलाई सेवा गर्न मन लाग्नेछ । शत्रु पराजित हुनेछन् । मित्रजनबाट लाभ रहेको छ । दाजुभाइबाट लाभ रहेको छ । सेना पुलिस क्षेत्रमा रहनेलाई लाभ रहेको छ । होटल सम्बन्धी, औजार, केमिकल सम्बन्धी कार्य गर्नेलाई लाभ रहनेछ । स्वतन्त्र कार्य गर्नेलाई लाभ रहनेछ । विरोधीपक्ष नाश हुनेछन् । लेखक कार्य, पत्रकारिता आदि क्षेत्रमा रहनेलाई अवरोध हुनेछ । फलामसम्बन्धी कार्य गर्नेलाई सावधानी अपनाउनु पर्ने देखिन्छ । पर्यटन, राजनीतिक, कला, सङ्गीत, खेलकुदसम्बन्धी कार्य गर्नेलाई लाभ रहेको छ । प्रेममा शुभ रहेको छ । कृषिसम्बन्धी कार्यमा लाभ रहेको छ । शुभ अङ्क १, शुभ रङ्ग रातो, शुभ दिशा पूर्व रहेको छ ।

मकर : यो महिना सूर्यको गोचर तपाईंको राशिबाट नवम भावमा हुनेछ । शरीरमा उत्साह र ऊर्जा रहनेछ भने मानसम्मान र प्रतिष्ठामा वृद्धि हुन सक्छ । भाग्यले राम्रो साथ दिन सक्छ । कार्यक्षेत्र र व्यापारको क्षेत्रमा पनि सकारात्मक समय हुनेछ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । यो सामाजिक गतिविधि, परोपकारी काम र दान धर्मको समय पनि हो । सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा रुचि हुनेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्धामा सफल हुन सकिन्छ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धन आर्जनका दृष्टिले राम्रै समय छ । पिताको स्वास्थ्यमा समस्या आउन सक्छ ।दैनिक खर्चमा वृद्धि हुन सक्छ । यस्तै, यस महिनामा सुख प्राप्त पनि हुनेछ । नयाँ वस्तुको भित्रिन सक्नेछन् । पर्यटन, कला, सङ्गीत, भोग बिलास सम्बन्धी कार्य गर्नेलाई लाभ रहनेछ । प्रेममा शुभ रहेको छ । राजनीतिक क्षेत्रमा शुभ रहेको छ । आकस्मिक लाभ रहेको छ । पैतृक धन सम्पत्तिबाट लाभ रहेको छ । अध्ययनमा अवरोध रहनेछ । मध्य असोजसम्म धन आय हुनेछ, त्यसपछि रोगबाट धन खर्च बढ्ने देखिन्छ । पत्रकारिता क्षेत्रमा फस्न सक्ने अवस्था छ । सिसा, फलामसम्बन्धी कार्य गर्नेलाई मध्यसम्म शुभ रहेको छ । यात्राको अवसर प्राप्त हुनेछ । भाइबहिनीको कार्यमा सरिक हुन पर्ने देखिन्छ । कलासंगीतको रुचि, धार्मिक क्षेत्रमा रुची रहेको छ । घर जग्गा, फलाम, माताबाट सुख रहनेछ । प्रेममा र बोलीमा सावधानी अपनाउनु पर्ने देखिन्छ । सुरक्षा क्षेत्रमा अलि सचेत रहनु पर्नेछ । होटलबाट अलि सावधानी अपनाउनु पर्नेछ । रोग शोकबाट भय, डर, त्रास बढ्ने देखिन्छ । हनुमानको आराधना गर्नुपर्ने देखिन्छ । शारीरिक आलस्यता बढ्न सक्नेछ । तेल, ग्यास, ठेकेदारीसम्बन्धी कार्य गर्नेले अलि सचेत रहनुपर्ने देखिन्छ । शुभ अङ्क ९, शुभ रङ्ग पहेँला, शुभ दिशा पूर्व रहेको छ ।

कुम्भ : यो महिना सूर्यको गोचर तपाईंको राशिबाट अष्टम भावमा हुनेछ । दुर्घटना हुने सम्भावना भएकाले सवारी चलाउँदा, हिड्दा विचार पुर्याउनुपर्छ । काममा बिघ्नबाधा वा ढिलासुस्ती हुन सक्छ भने कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मिहिनेत गर्ने समय हो । व्यक्तिगत र पारिवारिक स्वास्थ्यप्रति पनि सचेत हुनु आवश्यक छ । व्यक्तिगत मानसम्मान र प्रतिष्ठा गिराउन शत्रुहरू सक्रिय हुनेछन । शत्रुहरुले तपाईंका क्रियाकलापमा बाधा उत्पन्न गर्न सक्छन् । व्यापारमा पनि घाटा हुन सक्छ । यस अवधिमा बोलीमा सचेतता अपनाउनु र विवादबाट जोगिने प्रयास गर्नु उत्तम हुनेछ । स्वास्थ्य स्थितिप्रतिसमेत सचेत भएर खानपान र आहारविहारको अनुशासन पालना गर्नु उत्तम हुनेछ । खर्च बढ्न सक्ने भएकाले खर्चमा नियन्त्रण गर्नुपर्छ । यस्तै, आश्विन महिनामा शारीरिक पीडा, चिन्ता बढ्ने पनि देखिन्छ । महिनाको मध्यपछि आर्थिक लाभ हुनेछ । पत्रकारिता, मोबाइल, फलाम कार्य गर्नेलाई धन लाभ हुनेछ । शत्रु वृद्धि हुनेछन् । भाइबहिनीबाट सामान्य साथ मिल्नेछ । अति भय, विपत्ति आई पर्नेछन् । घरपरिवारको कारण भय, चिन्ता बढ्ने देखिन्छ । यात्रामा खिन्नता उत्पन्न हुनेछ । श्रम बढी हुनेछ । भोग विलासका सामाग्रीमा खर्च बढ्ने छ । राजनीतिकमा आलोचना खेप्नु पर्ने छ । प्रेममा चिसोपन आउन सक्नेछ । विरोधीपक्षहरु वृद्धि हुनेछन् । कुटुम्बबाट त्यति साथ नमिल्ने । सेना, पुलिससम्बन्धी काममा नोक्सान, मेशिनरी कार्यमा नोक्सान बेहोर्न पर्नेछ, खानपिनमा सावधानी अपनाउनु पर्नेछ । रोग, भय उत्पन्न हुनेछ । धार्मिक क्षेत्रमा मन लाग्नेछ । तेल, ग्यास सम्बन्धी कार्य गर्ने सचेत रहनु पर्ने देखिन्छ । शुभ अङ्क ८, शुभ दिशा उत्तर, शुभ रङ्ग रातो रहेको छ ।

मीन : यो महिना सूर्यको गोचर तपाईंको राशिबाट सप्तम भावमा हुनेछ । सप्तम भाव साझेदारी र दाम्पत्यजीवनसँग सम्बन्धित घर हो । यो महिना तपाईको बोलीमा विशेष प्रभाव हुने र व्यवहारमा कुशलता देखिने समय हो । तपाईंको जीवन साथीले पनि आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने समय छ । प्रेम जीवन सामान्य हुनेछ । धार्मिक क्रियाकलापमा झुकाव बढ्ने छ । व्यापारमा संलग्नहरूका लागि राम्रो कारोबार हुने महिना छ । समग्रतामा व्यापार र कार्यक्षेत्रमा उल्लेखनीय काम गर्ने महिना छ । यो समयमा कार्यक्षेत्रमा व्यवसायिक साझेदारसँग मतभेद बढ्न सक्छ । मानसिक तनाव र खिन्नता बढ्ने समय भएकाले सानातिना कुरामा चिन्ता र शङ्का गर्न हुदैन । निरङ्कुश बानी र कडापन पनि तपाईंका कमजोरी बन्न सक्छन् । विद्यार्थीले उचित मेहनत गर्दा सफलता प्राप्त गर्न सक्छन् । यस्तै, आश्विन महिनामा धनधान्यमा पनि वृद्धि हुनेछ । आरामदायी समय आउनेछ । दाजुभाइबीच सम्बन्ध रहनेछ । धार्मिक कार्यमा सरिक हुनेछ । मेशिनरीसम्बन्धी कार्यबाट लाभ हुनेछ । आगोसम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । शारीरिक पीडा समस्या भए समाधान हुनेछ । विरोधी पक्ष परास्त हुनेछन् । पत्रकारिता, लेखन, शिक्षक, विद्यार्थी क्षेत्रमा रहनेहरू सावधानी अपनाउनु पर्नेछ । शत्रुले दुःख दिनेछन् । मोबाइल, मेशिनरी, फलामसम्बन्धी कार्य गर्नेले सावधानी अपनाउनु पर्ने देखिन्छ । मनोरञ्जन सम्बन्धी कार्यमा सरिक हुनु आवश्यक रहेको छ । शत्रुबाट भय, पीडा हुनु पर्नेछ । आभूषणसम्बन्धी, राजनीतिक, सामाजिक कार्य गर्ने, पर्यटनसम्बन्धी कार्य गर्ने अलि सावधानी अपनाउनु पर्ने देखिन्छ । देवीको आराधना गर्दा शुभ फल प्राप्त हुनेछ । मनमा खिन्नता, वुद्धिमा कमजोर, पारिवारिक जीवनमा खटपट रहने देखिन्छ । स्थान परिवर्तनको ग्रह रहेको छ । बोलीमा सावधानी अपनाउनु पर्ने देखिन्छ । कृषि सम्बन्धी कार्य गर्नेलाई लाभ रहेको छ । शुभ अङ्क ७, शुभ रङ्ग सेतो, शुभ दिशा पश्चिम रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ