arrow

कञ्चनपुरको लालझाडीमा बाढीबाट चार गाउँ डुबानमा, उद्धार कार्य जारी

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७९ असोज १ शनिबार
duban-kanchanpur-2079.jpg

कञ्चनपुर । तीन दिनदेखिको अबिरल वर्षाका कारण दोदा नदीको बाढीले लालझाडी गाउँपालिकाका चार गाउँ डुबानमा परेका छन् । दोदा नदीको बाढीबाट  लालझाडी गाउँपालिकाको वार्ड नं २, ३, ४ र ५ का सयौँ घर डुबानमा परेका छन् ।

घरमा राखेको खाद्यान्न तथा लत्ताकपडा बाढीले बगाएको एक स्थानीय श्रीकृष्ण रानाले बताए  । अहिले उद्धार कार्य जारी छ । आवत जावत पूर्णरूपमा  बन्द भएका कारण यकिन तथ्याङ्क संकलन हुन नसकेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरिक्षक दान सिँह भण्डारीले जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ