कञ्चनपुरको लालझाडीमा बाढीबाट चार गाउँ डुबानमा, उद्धार कार्य जारी
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७९ असोज १ शनिबार
619
Shares
कञ्चनपुर । तीन दिनदेखिको अबिरल वर्षाका कारण दोदा नदीको बाढीले लालझाडी गाउँपालिकाका चार गाउँ डुबानमा परेका छन् । दोदा नदीको बाढीबाट लालझाडी गाउँपालिकाको वार्ड नं २, ३, ४ र ५ का सयौँ घर डुबानमा परेका छन् ।
घरमा राखेको खाद्यान्न तथा लत्ताकपडा बाढीले बगाएको एक स्थानीय श्रीकृष्ण रानाले बताए । अहिले उद्धार कार्य जारी छ । आवत जावत पूर्णरूपमा बन्द भएका कारण यकिन तथ्याङ्क संकलन हुन नसकेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरिक्षक दान सिँह भण्डारीले जानकारी गराए ।