arrow

अछाम पहिरो : उद्धार र बेपत्ताको खोजी जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २ आइतबार
pahiro-accham-2079-06-01.jpg

अछाम । अछाममा पहिरोमा २२ जनाको मृत्यु भएको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अविरल वर्षाका कारण शनिवार राति अछामका चार स्थानमा घर भत्किएर २२ जनाको मृत्यु भएको हो । 

कार्यालयका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका-६ का दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका-५ का १७ वर्षीय जानकी शाही, १७ वर्षीय विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीय मनीषा शाही, १७ वर्षीय कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीय मेनिका शाही, तीन वर्षीय कल्पना शाही र २१ वर्षीय भावना शाही छन् ।

यस्तै कमलबजार नगरपालिका-६ का ३० वर्षीय अमृता कामी, १७ वर्षीय समिता कामी, २१ वर्षीय अर्धना कामी, नौ वर्षीय निखिल कामी, ३६ वर्षीय मैनकला कामी, १५ वर्षीय गीता कामी, १२ वर्षीय सिरु कामी छन । सोही कमलबजार ८ डुङाल्ला का २६ वर्षीय गम्भीर दमाई, २३ वर्षीय भाना दमाई, छ वर्षीय डिग्रा दमाई, तीन वर्षीय कलल दमाई, चार वर्षीय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

नेपाल प्रहरीले आइतबार बिहानैदेखि बेपत्ताको खोजी, पीडित स्थानीयको उद्धार र राहत वितरण सुरु गरेको जनाएको छ । गृह मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार, सुरक्षा निकाय लयागतसँगको समन्वयमा उद्धार, राहतको काम भइरहेको छ । 

पहिरोमा परी ११ जना घाइते भएका छन् । ती मध्ये तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ