arrow

फिलिपिन्स विस्फोटको क्याम्बोडियाद्वारा कडा निन्दा

logo
प्रकाशित २०७३ भदौ २० सोमबार
phillipinesbomb.jpeg
न्होमपेन। दुई दिन अघि फिलिपिन्सको दाभाओ नगरमा अवस्थित एउटा रात्रि बजारमा भएको आतङ्ककारी आक्रमणको क्याम्बोडियाली प्रधानमन्त्री साम्देक टेको हुनसेनले कडा शव्दमा भत्र्सना गर्नु भएको स्थानीय सञ्चार माध्यमहरुले आजको संस्करणमा प्रकाशन गरेका छन् । 
 
दाभाओ नगरमा भएको उक्त आतङ्ककारी आक्रमणमा परी १४ जनाले ज्यान गुमाउनुका साथै अन्य ६० जना भन्दा बढी घाइते भएका थिए । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई क्याम्बोडियाली प्रधानमन्त्री हुनसेनले हिजो पठाएको एक समवेदना सन्देशमा दाभाओ नगरको रात्रि बजारमा भएको उक्त आतङ्ककारी आक्रमणका कारण त्यति धेरै धन,जनको क्षति भएकोमा आफू स्तब्ध र अत्यन्त दुःखित भएको जनाइएको छ ।
 
साथै, उक्त आक्रमणमा परी दिवंगत भएका व्यक्तिहरुप्रति श्रन्द्धान्जलि चढाउनुका साथै शोकसंतप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको समेत सो सन्देशमा जनाइएको छ ।  गणतन्त्र फिलिपिन्सको सुख, दुःखमा सदैव क्याम्बोडियाली सरकार तथा जनता एकसाथ उभिने र यस्ता आतङ्ककारी आक्रमणको कडा प्रतिकार गर्न सक्दो सहयोग गर्न इच्छुक रहेको समेत उक्त सन्देशमा उल्लेख गरिएको बताइएको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ