arrow

राष्ट्रिय प्रजातान्त्रिक भूपू सैनिक संगठन कास्कीमा क्षेत्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २ आइतबार
ganesh poudel kshetri.jpg

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूपू सैनिक संगठन कास्कीको अध्यक्षमा भूपू सेनानी गणेश पौडेल क्षेत्री निर्वाचित भएका छन् ।

शुक्रबार राप्रपाको पार्टी कार्यालयमा भएको जिल्ला अधिवेशनले तदर्थ समितिका अध्यक्ष क्षेत्रीलाई नै सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । 

संगठनको उपाध्यक्षमा भू पू सुवेदार बालाजी थापा, सुवेदार कृष्णबहादुर जिशी, क्याप्टेन फमबहादुर सिंह र बिएचएम लक्ष्मण रानाभाट छन् ।

यस्तै, सचिवमा हवल्दार तोत्र बाँनिया, जमेदार पदम तिमिल्सेना र हवल्दार प्रेम खड्का छन् भने कोषाध्यक्षमा उपसेनानी भुवन सिंह थापा रहेका छन् । 

यसैगरी सहस्यहरुमा जमेदारहरु भारतराज तिवारी, हरिबहादुर पौडेल, बराल, रामजी खत्री, पराक्रम ठकुरी, उदय बञ्जरा र रुद्रबहादुर , सुवेदार शिवहरि, ईश्वरी चांपागाई, हवल्दार भरत बहादुर भण्डारी, सेनाहरु मैतलाल गुरुङ र बल बहादुर केसी चयन भएका छन् । 

राप्रपा कास्कीका सचिव भानु भण्डारी, प्रवक्ता अरुण गिरी र कास्की क्षेत्र नं. १ प्रदेशसभा (क) अध्यक्ष प्रकाश केसीको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन प्रक्रिया सम्पन्न गरेको थियो । 

संगठनका नवनिर्वाचित अध्यक्ष क्षेत्रीले देशको अवस्थालाई मध्येनजर गर्दै सम्पूर्ण भूपू सैनिकहरु एकजुट हुनेपर्ने बेला आएको बताए ।

क्षेत्रीले राप्रपाको विचार र एजेण्डालाई लिएर आफू कास्कीका भूपू सैनिकहरु माँझ जाने र सम्पूर्ण राष्ट्रवादी भूपू सैनिकहरुलाई संगठित गरि पार्टीको हितमा काम गर्ने प्रतिबद्धता जनाए ।

अध्यक्ष क्षेत्री पोखरा-१४ चाउथेका स्थायी बासिन्दा हुन् । ५० वर्षीय क्षेत्रीले २८ वर्ष नेपाली सेनामा रहेर देशको सेवा गरेका थिए ।

कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष भूपू महासेनानी प्रकाशजंग कार्की प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ