arrow

शीर्ष दलले सोमबारमात्रै बुझाउने समानुपातिकको बन्द सूची 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २ आइतबार
congress-uml-maobadi.jpg
तस्बिर – फाइल ।

काठमाडौं । शीर्ष तीन दलले सोमबार मात्रै समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाउने भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सोमबार मात्रै बन्द सूची बुझाउने भएका हुन् । 

नेपाली कांग्रेसले सामानुपातिक उम्मेदवारका लागि छलफल गरिरहेको छ । नेकपा एमाले पनि छलफलमा रहेको छ भने माओवादी केन्द्रले पनि छलफललाई तीव्र पारेको छ । 

शीर्ष दलहरु अझै निष्कर्षमा पुग्न सकेका छैनन् । माओवादीको आजको बैठकमा समानुपातिकतर्फको उम्मेदवारको बन्द सूचीका बारेमा छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेन । 

सोमबार बिहान बस्ने बैठकमा समानुपातिकतर्फको सूची निश्चित गर्ने आज बसेको पदाधिकारी बैठकले निर्णय गरेको छ । सङ्घीय तथा प्रदेशसभाका लागि प्रदेश र जिल्लाबाट सिफारिस भएका नाममाथि छलफल गरी निष्कर्ष निकाल्नका लागि केही छलफल गर्नुपर्ने भएकाले थप समय लागेको बताइएको छ । 

निर्वाचन आयोगले आइतबार र सोमबार गरी दुई दिन समानुपातिकतर्फको सूची बुझाउने कार्यतालिका तय गरेको छ । माओवादी केन्द्रका नेता गणेश साहका अनुसार सोमबार बिहान बस्ने पदाधिकारी बैठकले आवश्यक निर्णय गर्नेछ । 

नेकपा एकीकृत समाजवादी पनि निष्कर्षमा पुग्न सकेको छैन । सम्भवतः सोमबार मात्र उसले बन्द सूची आयोगमा बुझाउने छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि सोमबार मात्रै बन्द सूची बुझाउने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ