arrow
ADVERTISEMENT

महारानीका ‘मन पर्ने छोरा’ ले अन्तिम बिदाइमा के भने ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३ सोमबार
Britain's-Prince-Andrew.jpg

काठमाडौं । यौन दुव्र्यवहारको आरोप लागेपछि शाही जीवनबाट निर्वासित भएका ‘राजकुमार’ एन्ड्रयुले आइतबार आफ्नी ‘माता’ महारानी एलिजाबेथ द्वितीयाको ‘करुणा’को स्मरण गर्दै प्रत्यक्ष रुपमा श्रद्धाञ्जलि व्यक्त गरे ।

“आमा, तपाईंको छोराप्रतिको प्रेम, तपाईंको करुणा, तपाईंको हेरचाह, तपाईंको आत्मविश्वास, म सदाको लागि संचय गर्नेछु,” उनले भने । 

गत साता सार्वजनिक रूपमा पुनः देखा परेका ६२ वर्षीय ड्युक अफ योर्कले अमेरिकी बाल तस्कर जेफ्री एपस्टाइनसँग यौन सम्बन्ध राखेको आरोपपछि राजकुमार पद त्याग्नुपरेको थियो । यद्यपि उनले आरोपलाई अस्वीकार गरेका थिए । 

उनले महारानीको सम्मानमा आयोजित समारोहमा अन्य शोकमा डुबेका वरिष्ठ राजपरिवारका सदस्यहरूसँग भाग लिएको र शुक्रबार उनको कफिनमा पहरा दिएका थिए। उनलाई निगरानीका लागि सैन्य पोषक लगाउन अनुमति दिइएको थियो तर सोमबारको राजकीय अन्त्येष्टिलगायत अन्य स्मारिका कार्यक्रमका लागि भने उनलाई त्यस्तो अनुमति दिइएन ।

सोमबार एडिनबर्गमा मौन जुलुस निकाल्ने क्रममा भीडमा रहेका एक व्यक्तिले उनमाथि सामान्य आक्रमण प्रयास गरेका बताइएको छ ।

सन् १९८२ मा अर्जेन्टिनासँगको फकल्यान्ड युद्धमा रोयल नेभीको हेलिकप्टर उडाएका एन्ड्रयु ग्रेनेडियर गार्ड्सका मानार्थ कर्णेल थिए । महारानीको ‘मनपर्ने छोरा’ भनेर चिनिने उनमाथि सन् २००१ मा १७ वर्षीया किशोरीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो ।

उक्त आरोपको खण्डन गरेका एन्ड्रयूले गत फेुअरीमा उक्त आरोपलाई लिएर अमेरिकी नागरिक मुद्दाको निरुपण गरेका थिए । 

राजा चाल्र्स तृतीयले आफ्नो कान्छो भाइको शाही निर्वासनलाई स्थायी बनाउने अपेक्षा गरिएको विज्ञहरूले बताएका छन् ।

हालका लागि, एन्ड्रयूले अझै पनि आधिकारिक रूपमा अर्ल अफ इनभरनेस र काउन्सेलर अफ स्टेटको उपाधिहरू कायम रखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ