- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्वास्थ्य शिक्षा क्षेत्रको सुधारको माग गर्दौ २०औं पटक अनसन बसिरहेका डा गोविन्द केसी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीचको अनौपचारिक वार्ता सकिएको छ ।
वार्तामा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल र एक जना उपसचिव सहभागी थिए । वार्तामा स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित मागका विषयमा छलफल भएको डा केसीको तर्फबाट वार्तामा सहभागी प्रितम सुवेदीले जनाएका छन् ।
वार्ता फेरि मंगलबार बिहान १० बजे बस्ने गरी टुङ्गिएको उनले बताए । डा केसी आठ दिनदेखि आमरण अनसनमा छन् ।